पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध पोखरामा कोणसभा

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध पोखरामा कोणसभा

नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेसँगै जवस मोर्चाहरुले आज पोखरामा पनि कोणसभा सम्पन्न गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला अन्तर्गत रहेका विभिन्न जनवर्गिय संगठनले आज पोखराको सृजनाचोकमा विरोध स्वरुप कोणसभा सम्पन्न गरेको हो । पोखरामा भएको उत्तm कोणसभालाई युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं गण्डक प्रदेश इन्चार्ज इन्द्र साउद र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवं गण्डक प्रदेश इन्चार्ज अटल शर्माले सम्बोधन गरेका थिए । कोणसभा कार्यक्रमको संचालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीका अध्यक्ष लोकेन्द्र राईले गरेका थिए ।
जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल, कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता नलिए अन्यथा यो भन्दा उच्च संघर्षको कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने समेत सम्वन्धित सबैलाई चेतावनी समेत दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :