प्रवासी नेपाली जनसमाजद्वारा एमसीसी संसदबाट अनुमाेदनको विरुद्धमा घाेर विरोध एवं प्रदर्शन

प्रवासी नेपाली जनसमाजद्वारा एमसीसी संसदबाट अनुमाेदनको विरुद्धमा घाेर विरोध एवं प्रदर्शन

प्रवासी नेपाली जनसमाज भारतले संसदवादी राजनीतिक पार्टीहरूले अमेरिकी साम्राज्यवादकाे नाङ्गो दलाली गरि एमसीसी परियोजना संसदबाट अनुमाेदन गरेकोमा घाेर विरोध र तिव्र भत्र्सना गरेको छ ।

प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गरि देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिरहेकाे वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको स्वाधीनताकाे रक्षा गर्नका लागि सबै आवाज बुलन्द गर्नुका साथै संघर्ष अगाडि बढाउन सम्पूर्ण देशभक्त, प्रगतिशील वामपन्थी, क्रान्तिकारी पार्टी र आम जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, `यो बेला देशभक्तहरु टुक्राटुक्रा पार्टीभित्र सानाे सानाे गुटमा रमाउने होइन । व्यक्तिगत स्वार्थबाट मुक्त भइ राष्ट्रिय झण्डामा आवद्ध भइ दलालहरुका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी हुने बेला हो । देशभक्तहरु एक हाैँ दलाल संसदीय व्यवस्थाकाे विरुद्ध संघर्ष गराैँ । राष्ट्रघाती लेन्डुपेहरुलाई सामाजिक बहिस्कार गराैँ र जहाँ भेट्याे त्यही जनकारबाही गराैँ । ´   

यसैबीच प्रवासी नेपाली जनसमाज भारतले राष्ट्रघाती एमसीसी संसदबाट अनुमाेदन गरेको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :