फागुन २० गते काठमाडौँमा विशाल विरोधसभा

एमसीसी पारित भएको फागुन १५ कालो दिन, ६ दल र २ मोर्चाद्वारा चैत ६ सम्म सङ्घर्ष घोषणा

फागुन २० गते काठमाडौँमा विशाल विरोधसभा

काठमाडौँ: एमसीसीमा संसद्बाट भएको राष्ट्रघातको विरोधका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् ।
मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी दलले नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेका छन् । ६ दलले यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज हाम्रो ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनका खिलापमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसैगरी घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको छ । एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसङ्घर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको छ । विषयको यही गम्भीर्यलाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आगामी चैत ६ गतेसम्मको जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छौँ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू, राष्ट्रवादी व्यक्तित्वहरू र आमनेपाली जनसमुदायमा घोषित सङ्घर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागिताका निम्ति विनम्र अनुरोध गर्दछौँ ।’

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ :

१) फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२) फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३) फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४) फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५) फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६) फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७) चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८) चैत ४ गते श्रमिक/दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९) चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :