भोजपुर कारागारमा आर्थिक शोषण र जातीय विभेद यथावत्

भोजपुर कारागारमा आर्थिक शोषण र जातीय विभेद यथावत्

काठमाडौँ : आफूलाई कम्युनिस्ट दाबी गर्ने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा आर्थिक शोषण र नश्लवाद चरम अवस्थामा रहेको छ ।

भोजपुबाट प्राप्त समाचारअनुसार भोजपुर कारागारमा आउने हरेक कैदीबन्दीबाट जनही ७४५ रुपैयाँ जबर्जस्ती असुलउपर गरिन्छ र त्यसबापत भन्दै एक सेट साबुन, ब्रस, मन्जन र ढाकाटोपी भिराइन्छ । दुई सय रुपैयाँ पनि नपर्ने कबाडी पत्तुर सामान जबर्जस्ती थोपरेर जनही ७४५ रुपैयाँका दरले कैदीबन्दीबाट लाखौँ जम्मा गरेर जेलर, प्रहरी तथा नाइकेहरूको कमाउधन्दा चलिरहेको छ ।

त्यसैगरी एउटा समुदायको पोसाक र पञ्चायती व्यवस्थाको राष्ट्रिय पोसाक ढाकाटोपी लगाउन बाध्य पारिएको छ । नेपालको संविधान २०७४ ले एउटा जातिको भाषा, भेष, संस्कृति अर्को जातिमा थोपर्नुलाई नश्लभेद मानेको छ र त्यसो गर्नु गैरकानुनी ठहर्छ । तर भोजपुर कारागारमा ढाकाटोपीवाला मण्डले राष्ट्रवाद यथावत् रहेको छ ।

त्यसप्रकारको आर्थिक र नश्लवादको अनुगमन गर्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति र राष्ट्रिय मानवअधिकार आयोगको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :