युवा सङ्गठन नेपाल हुप्सेकोट गाउँ भेला

युवा सङ्गठन नेपाल हुप्सेकोट गाउँ भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत हुप्सेकोट गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलाले विजयको संयोजकत्वमा सात सदस्यीय गाउँ समिति गठन गरेको छ ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला इन्चार्ज ध्रुवको प्रमुख आतिथ्य, युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशको विशेष आतिथ्य, जनपरिषद् नवलपुर प्रमुख विशाल, नेपाल कम्युनिस्ट पार्टी सदस्य विशेषको आतिथ्य र विजयको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज धु्रवले पुँजीवादी दलाल संसदीय व्यवस्थाले युवाहरूको समस्या हल गर्न नसक्ने र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गरे ।

युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले युवाहरूले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबार गर्नेहरूलाई गर्ने कारबाही गर्ने र आजका युवाहरू नयाँ क्रान्तिका पक्षमा उभिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :