मुख्यमन्त्री शङ्कर पोखरेलमाथि ढुङ्गा प्रहार, प्रदर्शनकारीमाथि हवाईफायर

मुख्यमन्त्री शङ्कर पोखरेलमाथि ढुङ्गा प्रहार, प्रदर्शनकारीमाथि हवाईफायर

काठमाडौँ : सरकारी नेकपाका नेतासमेत रहेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमाथि आइतबार साँझ बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट बुटवल जाँदै गरेका मुख्यमन्त्री पोखरेलमाथि बुटवलको चौराहमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा प्रहार गरेको भन्दै प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गरे पनि ती ढुङ्गा प्रहार गर्ने व्यक्ति हुन् कि होइनन् भन्ने यकिन भइसकेको छैन । प्रदर्शनकारीको ढुङ्गा लागेर मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीमाथि ढुङ्गा प्रहार भएपछि प्रहरीले केही राउन्ड हवाई फायर गरेको जनाइएका्े छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेश राजधानी विवादलगायत कारण मुख्यमन्त्री पोखरेल सर्वत्र आलोचित हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :