नेपालमा आज २,२५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५३५ पुग्यो

नेपालमा आज २,२५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २५३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १,५९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार ३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३२९ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २२ हजार २१९ रहेको छ । त्यसमा ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :