यमराजलोकबाट फर्किए नेकपा नेता वीरजङ्ग

यमराजलोकबाट फर्किए नेकपा नेता वीरजङ्ग

काठमाडौँ : असोज २ गते धरान इप्रकाद्वारा स्वाब सङ्कलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प, धरान पठाइएका नेकपा नेता वीरजङ्गको ३ गते राती कोभिड १९ पोजेटिभ देखियो । त्यसै दिन अपराह्न ३ बजे सोही अस्पतालको कोभिड १९ अस्पतालमा भर्ना गरिएका वीरजङ्गसँगै नेता लालबहादुर बीसी दुई सातादेखि त्यहीँ उपचाररत थिए ।

बिहान ८ बजे अण्डा, चिया र दूध, ११ बजे खाना र साँझ ८ बजे खाजा दिने उक्त अस्पतालका बिरामीसमक्ष खाना र पानी दिने स्वास्थ्य सहयोगी तोकेको समयमा पुग्ने र अरू कोही नजाने गरेको वीरजङ्गको अनुभव छ । चिकित्सकले माइकबाट बेलाबेला सोधपुछ गर्ने, बीचबीचमा समस्या भए कसैले नहेर्ने उनको भनाइ छ । ‘मेरो भेन्टिलेटरको अक्सिजन त २ घन्टामै सकियो । भन्ने ठाउँ पनि पाइन्न’, वीरजङ्ग गुनासो गर्छन् ।

आफूसँगैको कोठामा एकजना वृद्ध रहेका तर कसैले वास्तै नगरेको सम्झँदै ‘बुढा मरे होलान् । त्यो त अस्पताल नभएर यमलोक रहेछ । त्यहाँ त बाँच्ने भए पनि मारिन्छ । सकभर पठाउनु हुन्न’, उनी भन्छन्, ‘सङ्क्रमणले सास फेर्न गाहो भएर छट्पटी हुने, छाती दुखेर शरीर काम्ने, मनोबल गिर्ने हुँदोरहेछ । त्यस्तो बेलामा आफन्त र चिकित्सक दुवैको सहयोग नपाएपछि मनोबल खस्केर सामान्य मानिसले मृत्यु रोज्ने रहेछ । क्वारेन्टाइनमा किन आत्महत्या गर्दा रहेछन् भन्ने बुझियो ।’

नेकपाका अर्का नेता अनिल शर्मालाई इप्रका धरानको हिरासतमा छुट्टै कोठामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :