पाल्पाका घरघरमा जनगणतन्त्रका नारा

पाल्पाका घरघरमा जनगणतन्त्रका नारा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनगणतन्त्र स्थापनासहित व्यापक भित्तेलेखन अभियान चलाइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा समूह निर्माण गरी गाउँदेखि सहरका टोलटोलसम्म भित्तेलेखन कार्यक्रम चलाइएको नेकपा पाल्पाले जनाएको छ ।

वर्तमान सत्ताको खारेजी र जनगणतन्त्र स्थापनाको माग गर्दै नेकपा पाल्पाले भित्तेलेखन गरेको हो । संसदीय व्यवस्थाले जनता र राष्ट्रका लागि काम गर्न नसक्ने निष्कर्ष निकाल्दै नेकपाले एकीकृत जनक्रान्ति उद्घोष गरी जनक्रान्ति सञ्चालन गरिरहेको छ ।

जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न आफूहरूले जनसत्ता सञ्चालन गरेको र जनताको सेवा गरी जनगणतन्त्र स्थापना गर्न अघि बढिरहेको नेकपाले बताएको छ ।

यही अभियानअन्तर्गत भित्ताभित्तामा एकीकृत जनक्रान्ति जिन्दावाद ! दलाल संसदीय व्यवस्था खारेज गरौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! लगायत नाराहरू लेख्दै आफूहरू व्यापक जनताका बीचमा पार्टीका कार्यक्रम लिएर पुगेको, जनतालाई सङ्गठित गर्दै पार्टीको विचार र कार्यक्रम प्रचारप्रसार गरिरहेको र जनतालाई सुसूचित गरिरहेको नेकपा पाल्पाका इन्चार्ज प्रवीणले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :