नेपालमा आज ३,६३७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८१२ पुग्यो

नेपालमा आज ३,६३७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८१२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ५५२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार २४३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार २१५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो कुल संक्रमितको ६९ दशमलव २ प्रतिशत हो ।

यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । त्यसमा आई.सी.यु.मा २९० जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना, होम आइसोलेसनमा ३१ हजार ५३८ जना र क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :