नेपालमा आज ५,७४३ जना कोरोना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

नेपालमा आज ५,७४३ जना कोरोना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ७४३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । त्यसमा काठमाडौँका २ हजार ३९१, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना नयाँ सङ्क्रमित थपिएसँगै उपत्यकामा ३ हजार १०७ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा २० हजार ११८ नमुना परीक्षण गर्दा यो सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप २६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ७९१ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ९९६ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ । यो कुल संक्रमितको ६८ दशमलव ७ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ४४ हजार ७७६ रहेको छ । त्यसमा आई.सी.यु.मा २६९ जना र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना, होम आइसोलेसनमा २९ हजार ८०० जना र क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेल्धुरा रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :