क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घ गठन

क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घ गठन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घको ललितपुर जिल्ला कार्यसमिति गठन गरिएको समचार रातो खबरलाई प्राप्त भएको छ ।

सुनिल नापितको संयोजकत्वमा ६ सदस्य रहेको कार्यसमितिमा रोशन कुँवर, विनोद कपाली, राजेश कुँवर, गणेश लामिछाने र बिरेन श्रेष्ठ रहेका छन् ।

उक्त कार्यसमितिको बैठक महासङ्घको उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगरको प्रमुख आतिथ्य एवम् ललितपुर जिल्ला महासङ्घका संयोजक राजकुमार मगर, भक्तपुर जिल्ला महासङ्घका संयोजक सुमन बस्नेत र ग्रिल तथा धातु पेसाका उपत्यका संयोजक विकास थापाको विशेष उपस्थितिमा बसेको थियो ।

बैठकमा उपस्थित अतिथिहरूले नवगठित कार्य समितिलाई बधाई तथा शुभकामाना व्यक्त गर्दै दलाल राज्यले श्रमिकहरूको जीवनमाथि खेलबाड गरिरहेकाले मजदुर सङ्गठनलाई काम गरेर देखाउन र मजदुरको सुखदुःखको सहयोगी बन्न कार्यसमिति सफल हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :