नेपालमा आज ३,७९० जना कोरोना सङ्क्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा आज ३,७९० जना कोरोना सङ्क्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७९० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ । त्यसमा काठमाडौँका २ हजार ८, ललितपुरका ९९ र भक्तपुरका २८१ जना नयाँ सङ्क्रमित थपिएसँगै उपत्यकामा २ हजार ३८८ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १५ हजार ७४३ नमुना परीक्षण गर्दा यो सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ७५७ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ३३५ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९४ हजार ५०१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४० हजार ७७८ रहेको छ । त्यसमा आई.सी.यु.मा २८२ जना र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना, होम आइसोलेसनमा २६ हजार ९२७ जना र क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :