पूर्वी कमान्ड इन्चार्ज विषमद्वारा राईप्रति श्रद्धाञ्जली प्रकट

पूर्वी कमान्ड इन्चार्ज विषमद्वारा राईप्रति श्रद्धाञ्जली प्रकट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूूूर्वी केन्द्रीय कमान्ड इन्चार्ज विषमले पार्टीका केन्द्रीय सदस्य थमनसिंह राईका बुबा तेजिलाल राईको यही कात्तिक २ गते आइतबार निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । कमान्ड इन्चार्ज विषमले आइतबार श्रद्धाञ्जली एवम् समवेदना वक्तव्य जारी गर्दै बुबा तेजिलाल राईको निधनमा शोकाकुल केन्द्रीय सदस्य थमनसिंह राईलगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

विषमले वक्तव्यमा भनेका छन्, ‘मोरङ, केराबारी निवासी हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. थमनसिंह राईका बुबा तेजिलाल राईको यही २०७७ साल कात्तिक २ गते आइतबार ८२ वर्षको उमेरमा निधन भएको समाचारले हाम्रो पार्टीलाई असाध्यै दुःखी एवम् मर्माहत बनाएको छ । यो दुःख र शोकको घडीमा हाम्रो कमान्ड बुबा तेजिलालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । केन्द्रीय सदस्य क. थमनसिंह राईका साथै शोकाकुल सम्पूर्ण परिवारजनप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछ ।’ वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :