नेकपाको जनश्रम अभियान तीव्र

नेकपाको जनश्रम अभियान तीव्र

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनतासँगको सम्बन्ध अझै प्रगाढ बनाउन जनश्रम अभियान अघि बढाएको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपको नेतृत्वमा समूह–समूह निर्माण गरेर जनश्रम अभियान तीव्र बनाइएको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिएका छन् ।

केही दिनअघि प्रहरीको एउटा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेकपालाई लक्षित गर्दै ‘फिल्ड अप्रेसनमा कुनै सम्झौता हुँदैन’ भनेका थिए तर नेकपा भने निरन्तर जनताका बीचमा लोकप्रिय हुँदै गएको छ ।

गृहमन्त्री थापाको अभिव्यक्तिलाई चुनौती दिँदै दलाल संसदीय व्यवस्था र यसका दलाल प्रतिनिधिसँग कुनै सम्झौता नगरी एकीकृत जनक्रान्तिलाई विजयमा पुर्याइछाड्ने प्रतिबद्धतासहित पार्टीले विचार र कार्यदिशालाई जनतासँग जोड्न अभियान तीव्र बनाएको रणदीपले बताए । नेकपाको अभियान कात्तिक महिनाभर सञ्चालन हुने जनाइएको छ ।

अभियानका क्रममा कोरोना सङ्क्रमणविरुद्ध जनचेतना जगाउनुका साथै जनताको खेतबाली भित्र्याउनेलगायत जनश्रम गरिने पनि नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :