महासचिव विप्लवद्वारा तेजिलाल राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा तेजिलाल राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्य थमनसिंह राईका बुबा तेजिलाल राईको निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले आइतबार श्रद्धाञ्जली एवम् समवेदना वक्तव्य जारी गर्दै जनयुद्धका क्रममा समेत क्रान्तिमा साथ–सहयोग गर्नुहुने तेजिलाल राईको निधनमा शोकाकुल थमनसिंह राईलगायत परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

महासचिव विप्लवको श्रद्धाञ्जली एवम् समवेदना वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टीका केन्द्रीय सदस्य क. थमनसिंह राईका आदरणीय बुबा मोरङ, केराबारी निवासी तेजिलाल राईको यही २०७७ साल कात्तिक २ गते ८२ वर्षको उमेरमा निधन भएकोमा हाम्रो पार्टी असाध्यै दुःखी भएको छ । विगत जनयुद्धका क्रममा समेत क्रान्तिमा साथ–सहयोग गर्नुहुने बुबा तेजिलालप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल सम्पूर्ण परिवारजनप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछ । वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :