नेपालमा आज ३,१६७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७२७ पुग्यो

नेपालमा आज ३,१६७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७२७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १६७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यसमा काठमाडौँका १ हजार ४५१, ललितपुरका १५२ र भक्तपुरका १४३ जना नयाँ सङ्क्रमित थपिएसँगै उपत्यकामा १ हजार ७४६ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा यो सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ७२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ८०० जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । त्यसमा आई.सी.यु.मा २९० जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना, होम आइसोलेसनमा २५ हजार ४३८ जना र क्वारेन्टाइनमा ४ हजार ७१५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :