अखिल क्रान्तिकारीद्वारा स्वास्थ्य सामग्री वितरण

अखिल क्रान्तिकारीद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) तनहुँले १७ घरधुरीलाई साबुन, स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार अखिल क्रान्तिकारीले सर्वसाधारणलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विकले आफ्नो सङ्गठन आमजनताको हकहितमा काम गर्ने र सधैँ देश र जनाताका पक्षमा उभिने बताए ।

कार्यक्रमको संयोजन अखिल क्रान्तिकारी गण्डकका काजीले गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष ममता रुचाल पनि उपस्थित रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :