गोरखा र अनुभूति

गोरखा र अनुभूति

मैले सानैमा घरपरिवार, गाउँ, समाज र स्कुले जीवनबाटै गोरखाको नाम सुनेकी थिएँ । लिगलिगको दौड, चेपे खोला किनकिन आफन्त लाग्थे । पृथ्वीनारायण शाह अभिभावकजस्तै आदर्श लाग्थ्यो । दाङको रामपुर गाविसमा पर्ने चेपे खोला गोरखाबाट नै आएको ठान्थे । मेरो मामाघर र मेरो जन्म त्यही चेपेको काखमा भएकाले पनि आफूलाई गोरखाकै हुँजस्तो लाग्थ्यो । त्यही बुझाइ र पढाइको पेरिफेरीले गर्व लाग्ने र घमण्ड गर्ने पनि बने । दाङको पूर्वबाट दक्षिण पुगेपछि बबई नामले पूरै दाङ छिचोलेर सल्यान, सुर्खेत, बर्दिया हुँदै भारत जाने पानीलाई मैले गोरखाकै पानी भनँे । यति विशाल नेपालको नागरिक हुन पाएर बहादुर शाह, भीमसेन, दामोदर, बलभद्रलगायत पनि त्यही मालामा उन्दै गएँ ।

२०४६ सालको जनआन्दोलनको उभार, उमेर र चेतनाले मैले राजनीतिलाई कर्म बनाएँ । लामो यात्रामा पनि मैले गोरखा भेटिनँ । साथी भेटेँ । सहिद भेटेँ । नेता भेटेँ । कार्यकर्ता भेटेँ । जनता भेटेँ । पानी पनि भेटेँ तर ती सबै छाया मात्र भेटेँ ।

सबै बुझिसक्ने शृङ्खलाको अन्त्य नहुँदोरहेछ । हामीले बुझ्ने र पढ्ने कुराहरू अहिले पनि धेरै छन् । पछि गोरखा र पृथ्वीनारायणको केही वास्तविकता बुझ्ने दायरा बढ्दै गयो । मनको कुनाबाट मेरो गोरखा मेटिनसकेन । २०४६ सालको जनआन्दोलनको उभार, उमेर र चेतनाले मैले राजनीतिलाई कर्म बनाएँ । लामो यात्रामा पनि मैले गोरखा भेटिनँ । साथी भेटेँ । सहिद भेटेँ । नेता भेटेँ । कार्यकर्ता भेटेँ । जनता भेटेँ । पानी पनि भेटेँ तर ती सबै छाया मात्र भेटेँ । दृश्यका लागि जब भीम चापागाईंले कोठामा आएर गोरखा जाने निम्तो दिनुभयो, त्यो दिन २०७५ पुस ६ गते शुक्रबार थियो । म खुसीले स्तब्ध भएँ । उहाँ जानुभयो । गुणराज सर पोखरामा हुनुहुन्थ्यो । कोठामा म एक्लै थिएँ । तयार हुन केही समय लागेन । देवबहादुर दाइले भोलि बिहान कलङ्की ६ बजे नै मकालुमा पुग्न खबर गर्नुभयो । उहाँ जनअधिकार अभियान नेपालका उपाध्यक्ष र भूपू राज्यमन्त्री हुनुहुन्छ । म पनि जनअधिकारकी केन्द्रीय सदस्य छु । मानवअधिकारका क्षेत्रमा यो सङ्गठनमा हामी क्रियाशील छौँ । वरिष्ठ अधिवक्ता एकराज भण्डारी अध्यक्ष हुनुहुन्छ ।

२०७५ पुस सात गते शनिबारको दिन, बिहान ६ बजे हुस्सुले काठमाडौँमा नजिकै पनि नदेखिने भएको थियो । एक त जाडो दिनमा ६ बजे अँधेरै हुन्छ । तर मलाई भने ६ कति बेला बज्ला भनेर राती पटकपटक जाग्दै घडी हेरिरहेँ । आफूले आफैँलाई बच्चाजस्तै, अस्थिरजस्तै लाग्यो । अनुभूति गर्दै एक्लै हाँसेकी थिएँ । त्यसै पनि धुलो र धुवाँले सधैँ कुहिरीमण्डल हुने काठमाडौँ, अझ चढ्दो पुसको महिना । के चाहियो र ? धुलोधुवाँमा पुसको हुस्सुले झनै गाढा बनाएको थियो । तप्पतप्प बर्सिरहेको हुस्सुका मसिना थोपाहरूमा धुलोधुवाँ मिसिएको रङ्गीन रङ जब मुख, हातखुट्टा अनि कपडामा पर्थे । तब रङहरू बेरङमा बदलिन्थे । हातका पन्जालाई छिचोलेर, खुट्टाका जुत्ता छिचोलेर काठमाडौँमा पुसको उपस्थिति जनाएको थियो । गालाहरू, ओठहरू रातो हुने गरी धाँजा पार्दै चरचरी भएका थिए । चिसोले ज्याकेटलाई पनि कुनामा मिल्काएको थियो ।

एउटा गोरखा र पृथ्वीनारायण, दोस्रो, बूढीगण्डकी हाइड्रोपावर । तर लक्ष्मीप्रसाद देवकाटा, ऊर्जाविज्ञ अनि बूढीगण्डकी हाइड्रोपावरको अध्यक्ष पनि भएकाले उहाँका कुरा ताजा थिए ।

क्लङ्की मकालु पेट्रोल पम्पमा जम्मा भएर देवबहादुर पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भीम चापागाईं, गुरुजी राजु सापकोटा र म गाडीमा कुद्याैँ । त्यो कुदाइ अनि तातो एसीले एकाएक हामी सबैलाई अर्कै बनायो । न चिसो, न त धुलोधुवाँ । अब हामी एकअर्काका बीचमा परिचित अनि हार्दिकताद्वारा घुलमिल भएका थियौँ । छलफलको विषय थियो । एउटा गोरखा र पृथ्वीनारायण, दोस्रो, बूढीगण्डकी हाइड्रोपावर । तर लक्ष्मीप्रसाद देवकाटा, ऊर्जाविज्ञ अनि बूढीगण्डकी हाइड्रोपावरको अध्यक्ष पनि भएकाले उहाँका कुरा ताजा थिए । उहाँको जोड थियो– यो पावर गेजुवालाई नदिएर हामी आफैँले बनाउनुपर्छ । यसैमा नेपाल सरकारको चारैतिरबाट विरोध छ । अहिलेसम्म डुबानमा परेका जनतालाई क्षतिपूर्ति दिइएको छैन । आसेपासेलाई मात्र दिइएको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनीबाट उत्तरतिर लागेपछि अबुवामा चाउचाउ खायौँ । त्यहाँ सहिद प्रतीक्षालय रहेछ । यो प्रतीक्षालय एकै परिवारका चारजना सहिद भाइबहिनीको रहेछ । हामीलाई चाउचाउ खुवाउने बुबाआमा पो हुनुहुँदोरहेछ । चार छोराछोरीले जनयुद्धमा बलिदान गरेपछि बुढेसकालको सहारा यही चियापसल बनेको रहेछ । हामीले सहिद परिवारको व्यवस्थापनको ठूलाठूला योजना बनाउँदै सपना सजाएका थियौँ । जनयुद्धका उपलब्धिलाई सहिदहरूका सपनासँग साटेका थियौँ । ती उपलब्धिलाई सके सिङ्गो नेपाल हुँदै संसारमा नमुनाका रूपमा हुर्काउने प्रतिबद्धता थियो । नभए पनि नेपालका उत्पीडित सहिद, बेपत्ता परिवारमा, महिला, दलित अनि आमजनतामा समाजवादका भुल्काहरू हुर्काउँदै साम्यवादको जग बसाउने परिकल्पना थियो जसले मक्किएको संसदीय व्यवस्थालाई चुनौती दिँदै साम, दाम, दण्ड, भेदले विस्तार गरेका भ्रष्टाचार, तस्करी, बेचबिखन, हत्या, लूट, बलात्कार, अपमान, असमानताजस्ता मान्यताको अन्त्य गर्न सक्थ्यो । आफ्ना दक्षता, क्षमता र शक्तिलाई विचारमा ढाल्न अनि व्यवहार दिन नसकेकै कारण यी महान् आदरणीय बुबाआमासँग बोल्न त के आँखा जुधाएर हेर्न पनि सकिनँ । मनमा गहिरो हुन्डरी चलिरह्यो । भीम भाइ नजिकैको गोरखकाली रबर उद्योग र मस्र्याङ्दी देखाइरहनुभएको थियो । गोरखकाली उद्योग बन्द भएको थियो । मस्र्याङ्दी भने एकोहोरो सुसाइरहेको थियो । मानौँ मेरो मन पनि त्यहीँ मिसिएको छ । तर मस्र्याङ्दीको सागरलाई भेट्ने हुँकार थियो । ऊ कहिल्यै झुक्न जानेको छैन किनभने उसको मूल नेतृत्व महासागरले मस्र्याङ्दीको हुँकारको भेदन गर्ने क्षमता राख्दछ । तर मेरो जनयुद्धको नेतृत्वले भेदन गर्ने हिम्मत गर्न सकेन । त्यसैले त मस्र्याङ्दीको जस्तो मेरो हुँकार छैन । बूढीगण्डकी हाइड्रोपावर बनाउने आफैँले बनाउने गर्जन छैन । गोरखकाली अगाडि बढाउने योजना छैन । अरूकै गफ केबल गफमा टाउको हल्लाउने बानी देखेर लज्जाले शिर झुक्छ ।

आफ्ना दक्षता, क्षमता र शक्तिलाई विचारमा ढाल्न अनि व्यवहार दिन नसकेकै कारण यी महान् आदरणीय बुबाआमासँग बोल्न त के आँखा जुधाएर हेर्न पनि सकिनँ । मनमा गहिरो हुन्डरी चलिरह्यो । ऊ कहिल्यै झुक्न जानेको छैन किनभने उसको मूल नेतृत्व महासागरले मस्र्याङ्दीको हुँकारको भेदन गर्ने क्षमता राख्दछ । तर मेरो जनयुद्धको नेतृत्वले भेदन गर्ने हिम्मत गर्न सकेन । त्यसैले त मस्र्याङ्दीको जस्तो मेरो हुँकार छैन ।

हामी १२ किलो, १३ किलो हुँदै हरमटारी चोक पुग्यौँ । गाडीबाट म मात्र झर्नुपर्यो किनभने महिलाहरूको बसाइ गोरखा होटेलमा रहेछ । म, मोनिका गुरुङ, बिना कुमाल र साबित्रा दुरा बस्ने भनेपनि त्यहाँ म मात्र थिए । उहाँहरू आइसक्नुभएको थिएन । २०६ नम्बर कोठामा पुगेर झोला राखे पनि म भने बाहिर सडकमै थिएँ ।

हामी सबै जम्मा भएपछि पृथ्वीनारायण शाहको घर हेर्न भोलि बिहान जाने सल्लाह भयो । सावित्रा इन्चार्ज हुनुभएकाले विद्यार्थी नेता सुशान्त सुवेदी, बुलेट कार्की र डीसीएस कपिल आउनुभयो । काठमाडौँबाट आएको टोलीले पृथ्वीनारायणको घर, मन्दिर, भन्ज्याङ हेरेर आएको खबर सुनाउनुभयो । साधन भएकाले मलाई छोडेछन् । मनमनै भनेँ– भोलि बिहान जानेछु ।

आठ गते बिहानै हामी सँगै बसेको टोली भन्ज्याङ पुग्यो । काली मन्दिर र घरवरिपरि हेरेर फक्र्यौं । लडाइँका हिसाबले, सुरक्षाका हिसाबले त्यो जमानाका जुम्ला, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान, दाङ, सिन्धुली, नुवाकोटभन्दा फरक लागेन । सबैको बसाइ टाकुरामा, भन्ज्याङमा । तर म निकै दङ्ग परेँ । आज मेरो बालापनको कल्पना पूरा भएको थियो । हामी कार्यक्रम भेट्न फर्किएका थियौँ । भाइ रूपक र बहिनी बिना दुवैको अहिलेको जोडी सहिद पतिपत्नी हुनुहुँदोरहेछ । क्रान्तिभित्र क्रान्ति गर्ने हुट्हुटी उहाँमा पनि रहेछ । अझ यो बिहे अन्तरजातीय पनि थियो । आयोजक नेकपा गण्डक ब्युरोमा पाहुना गोविन्द, पूर्वमन्त्री तथा विज्ञ दीपक ज्ञवाली, नयाँ शक्ति पार्टीका सांसद हरिशरण, पूर्वशिक्षक अध्यक्ष तथा नेता गुणराज लोहनीलगायत हुनुहुन्थ्यो । उहाँहरूको राष्ट्रियमैत्री र एकता अनि विकास र समृद्धिमा जनतालाई अधिकार दिने सवालमा कुनै मतभेद थिएन ।

खाना खाएर कार्यक्रम गर्ने भन्ने भयो । म एक्लै सङ्ग्रहालयमा गएँ । सिँढीमा उक्लिरहेकी थिएँ, दायाँबायाँतिर सिस्नोको घारी थियो । म भने यही सिस्नो पनि दुस्मनमाथि जाइलागेको कथा सम्झेर एक्लै पुलकित भएँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :