नेपालमा आज ४,३९२ जना कोरोना सङ्क्रमित थपिए, २१ जनाको मृत्यु

नेपालमा आज ४,३९२ जना कोरोना सङ्क्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३९२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा २ हजार ४०२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार ७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १६ हजार ८३१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ५२२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । त्यसमा आई.सी.यु.मा ३१५ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना, होम आइसोलेसनमा २५ हजार ४६ जना र क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :