नेकपा सिन्धुलीका खड्गबहादुर बस्नेत पार्टीबाट निष्कासित

नेकपा सिन्धुलीका खड्गबहादुर बस्नेत पार्टीबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्ला समिति सदस्य खड्गबहादुर बस्नेत ‘हिमाल’ लाई आर्थिक अनियमितता गरेको र अराजकता प्रदर्शन गरेको भन्दै साधारण सदस्य पनि नरहने गरी निष्कासित गरेको छ । जिल्ला सेक्रेटरी प्रसिद्धले शुक्रबार जारी गरेको विज्ञप्तिमा हिमालले पार्टी विधि, पद्धति, नीति र अनुशासनमा नरही अराजक ढङ्गले काम गरेकाले कारबाही गरिएको जनाइएको छ ।

प्रसिद्धको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीका जिल्ला समिति सदस्य खड्गबहादुर बस्नेत ‘हिमाल’ ले पछिल्लो समय आर्थिक अनियमितता गरी पार्टी विधि, पद्धति, नीति र
अनुशासनमा नरही अराजक ढङ्गले काम गर्ने गरेको हुँदा निजलाई आजकै मितिबाट लागू हुने गरी पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :