भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख

भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख

काठमाडाैँ : कोरोना भाइरस सङ्क्रमणको तथ्यङ्कमा ब्राजिललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएको भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख नजिक पुगेको छ ।

पछिल्ला केही सातायता भारतमा दैनिक एक हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु हुने गरेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ९९ हजार ८०४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा त्यहाँ थप १ हजार ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ८१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ८१ हजार ६९३ जनामा सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना सङ्क्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ५०३ जनाको उपचार भइरहेको जनाइएको छ ।

अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका नै रहेको छ । त्यहाँ यो विवरण तयार पार्दासम्म मृत्यु हुनेको सङ्ख्या २ लाख १२ हजार ६६० पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ । निको हुनेको सङ्ख्या भने ४७ लाख ३६ हजार रहेको तथ्याङ्कहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :