अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणलाई चिनियाँ भाइरस भन्दै जिस्क्याउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी भनिएकी उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत शुक्रबार ट्रम्पले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएपछि यो विषय सार्वजनिक भएको हो । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरू छिट्टै निको हुने विश्वास पनि ट्रम्पले व्यक्त गरेको उनको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

विश्वमा अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका नै रहेको छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख १२ हजार ६६० पुगिसकेको छ भने सङ्क्रमितको सङ्ख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :