‘खोप तयार हुँदासम्म कोरोनाले २० लाख मानिसको ज्यान जानसक्छ’

‘खोप तयार हुँदासम्म कोरोनाले २० लाख मानिसको ज्यान जानसक्छ’

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप प्रयोगमा आउनुअघि नै विश्वभर कोरोना सङ्क्रमणबाट २० लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणका कारण विश्वमा करिब १० लाख मानिसको मृत्यु भइसकेको अवस्थामा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

कोरोनाको खोप बने पनि यसको सहज पहुँच र राम्रो उपचारले मात्रै महामारी नियन्त्रणमा आउनसक्ने भन्दै डब्लूएचओले सबै देशलाई सम्भावित सबै उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

अहिले चीन, रुस, अमेरिका, बेलायतलगायत देशमा कोरोनाविरुद्धको खोप निर्माण र परीक्षण भइरहेको छ । ती खोपहरूले देखाएका सकारात्मक सङ्केतहरूले मानिसहरूमा केही आशा सञ्चार भएको बेला डब्लूएचओले २० लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :