कोरोनासँग लापरबाही गरे विश्व सामान्य अवस्थामा फर्कन नसक्ने चेतावनी

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना सङ्क्रमणको महामारीले अबको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरू गलत दिशामा अघि बढेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

जुन देशमा कोरोनाको सङ्क्रमण रोक्ने प्रावधान ठीक ढङ्गले लागू गरिएको छैन र ती देशहरू गलत बाटोमा अघि बढिरहेका छन् त्यहाँ खतरनाक ढङ्गले सङ्क्रमण बढिरहेको भन्दै डब्लूएचओले चिन्ता गरेको छ ।

कोरोना भाइरस मानवजीवन र सभ्यताका लागि नम्बर एक शत्रु रहेको घोषणा गर्दै डब्लूएचओले कतिपय देशका सरकार र त्यहाँका नागरिकहरूले लापरबाही गरिरहेको बताएको छ ।

विश्वका धेरै देशहरूले भौतिक दूरी कायम गर्ने, हात धुने, मास्क लगाउनेजस्ता सामान्य सतर्कता पनि नअपनाएको भन्दै डब्लूएचओले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यविज्ञहरूले दिएको सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :