हाइड्रोजन बमको धक्का

Ashok subedi

बेवास्ता गर्दै ओबामाका गोहीका आँसुलाई
२५ गते बुधबार ठीक १०ः०० बजे
चकित पार्दै विश्वलाई
प्योङयाङको भूमिमा
५.१ रेक्टर स्केलको भूकम्प सिर्जना गर्दै र
तिरस्कार गर्दै कठपुतली पार्क गि उन हेको अरण्यरोदनलाई
फुङ्गेरीस्थित आणविक केन्द्रनजिक
१० किलोमिटर जमिनमुनिबाट
ललकार्दै साम्राज्यवादी जापानी शासकहरूलाई पनि
आरम्भ गर्दै नयाँ वर्ष सन् २०१६
हाइड्रोजन बमको सुमधुर आवाज र धक्काबाट ।

गर्दै गरून् आशङ्का र कथित भत्र्सना साम्राज्यवादीहरू
भुकिरहून् बेलाइती कुकुरहरू
लम्किरहेको छ जनगणतन्त्र कोरियाली हात्ती
छर्दै उमङ्ग दमित मुलुकका हृदयहरूमा
अब हुनेछ अणुहरूको सम्मीलन र
निकाल्नेछ भीषण शक्ति
बक्दै गरुन् लिन चोल उहरू
र काँप्दै रहून् जोन इमरार्ड महोदयहरू
त्रास र भयले काँप्दै थरथर
पछिपछि फर्केर भुक्दै गरून् महोदय ओबामाहरू
लुते कुकुरझैँ टाङमुनि छिराएर पुच्छर
भएको छ वसन्ते हाइड्रो–गर्जन
प्योङयाङको लालभूमिबाट
चिच्याऊन्, बहुलाऊन् नाटोहरू
निद्रा खतम होओस् ईयूको
लक्पकाऊन् मस्को र बेइजिङका आवाजहरू पनि
चकित पार्दै विश्वलाई
प्योङयाङका मिडियाले भनेझैँ
करार गर्दै मुख्य शत्रु ह्वाइटहाउसलाई नै
‘भाग्यमानी’ जनगणततन्त्र कोरियाली जनता
देख्न पाउँदैछन् दैनन्दिन
मनै लोभ्याउने चामत्कारिक दृश्यहरू ।
हो, यो हाइड्रोजन भूकम्प–
जसले मुक्तिकामीहरूमा भरेको छ उत्साह र
समाप्त पारेको छ निद्रा जनताका दुस्मनहरूको ।

north korea hydrogen bomb
लालसलाम छ यो रक्तिम भूमिबाट
हाइड्रोजन भूकम्प निम्त्याउन साहस गर्ने
महान् र रक्तरञ्जित कोरियाली जनताहरूमा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :