मध्यरातमा प्रहरी आतंक/छापा नरोके प्रतिकार गर्ने चेतावनी – नेकपा

biplove-1काठमाडौं/असार १७ : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताका मध्यरात घरमा खानतलाशी पूर्जी विना छापा मारी परिवारजनमा आतंक मच्चाएको साथै राजनैतिक आस्था राखेकै आधारमा यस्ता हर्कत गरी आतंक सृजना नगर्न र नगराउन पनि विज्ञप्तिमार्फत् नेकपा, कास्कीले चेतावनी दिइएको छ । नेकपा, कास्कीका इञ्चार्ज रुपेश र सेक्रेटरी जगनले संयुक्त रुपमा शनिबार एक प्रेस विज्ञप्ति जारी गरी चेतावनी दिएका हुन् । गएराती करीब दुई बजेको समयमा नेकपा, तनहुाका सेक्रेटरी गोकुल पराजुली र कास्की जिल्ला सदस्य बिजय अधिकारीको घरमा करीब दुई दर्जनको संख्यामा आएका प्रहरीहरुले विना पूर्जी खानतलाशी गरेर घरमा रहेका महिला तथा बालबालिकालाई आतंकित बनाएको आरोप जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिसहित

Cpn-kaski-press-release-1070x1427

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :