आजको चिनियाँ कम्युनिस्ट पार्टी

(सन् १९६० मा अणविक बम परीक्षण गर्दा नै चीन सरकारले आफ्ना तर्फबाट कहिल्यै पनि पहिलोपटक अणु बम प्रयोग नगर्ने घोषणा गरेको थियो ।
सन् १९१९ जुलाईमा सोभियत सङ्घद्वारा चिनियाँ जनताको नाममा जारी ५ बुँदे घोषणापत्र –
१. अघिल्लो रुसी सरकारले कब्जा गरिराखेका चीनका भू–भाग चीनलाई नै फर्काइनेछ ।
२. अघिल्लो सरकारले अधिनस्त गरेका चीनका पूर्वी रेल मार्ग, खानी, जङ्गल इत्यादिलाई चीनकै स्वामित्वमा फिर्ता गरिनेछ ।
३. चीन सरकारले रुसलाई दिंदै आएको युद्धको क्षतिपूर्ति रकम अब उप्रान्त तिर्नुपर्ने छैन ।
४. चीनमा बसोबास गर्ने रुसी नागरिकले पाईआएका विशेष सुविधा खारेज गरिनेछ ।
५. अघिल्लो रुसी जार सरकारले चीनमाथि लादेका सबै असमान सन्धिलाई खारेज गर्ने ।)

थुप्रै घुम्तीहरू पार गरेर पनि चिनियाँ कम्युनिस्ट पार्टीले विकास गर्दै आएको छ । जनताको विश्वास जित्दै र जनसमर्थन लिँदै आएको छ । यसले पार्टी सिद्धान्त, कार्यदिशा, चिन्तन र नीतिलाई जनताको आवश्यकताअनुसार समृद्ध गर्दै र कमजोरीहरूलाई तत्काल सच्याउँदै जनतालाई आफ्नो वरिपरि गोलबन्द गर्दै आएको छ ।

सन् २००९ सम्ममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को पार्टी सदस्य सङ्ख्या ७,७९,९५,००० पुगेको थियो । त्यसको अर्थ हरेक १८ जना नागरिकमध्ये १ जना सीपीसीका सदस्य हुने गर्छन् । पश्चिमी राजनीतिशास्त्रअनुसार सीपीसी जनपार्टी (Mass organization) मा वर्गीकरण गर्न सकिन्छ । तर सीपीसी जनपार्टी नभएर एउटा जुझारु र अनुशासित पार्टी हो । यसमा जो पनि प्रवेश गर्न सक्दैन । पार्टी सदस्य बन्नका लागि केही आधारभूत प्रावधानहरू पूरा गर्नुपर्दछ । जनताको सेवा र नेतृत्व गर्नु उनीहरूको मुख्य दायित्व हुन्छ । कडा परिश्रम र क्षमताशील हुनुपर्दछ ।
क) पार्टीको स्थिति
चिनियाँ कम्युनिस्ट पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा भनिएको छ, ‘चीनमा सीपीसीजस्तो कठिन चुनौतीको सामना गर्नसक्ने अर्को कुनै राजनीतिक शक्ति छैन । घनिष्ट जनसम्बन्ध र जनताको तल्लो तहसम्म पार्टीको नीति, सिद्धान्त र राजनीति विस्तार गर्न सकेकाले त्यो सम्भव भएको हो ।’

moist

सीपीसीको सङ्गठन विभागले जारी गरेको तथ्याङ्कअनुसार महिला पार्टी सदस्य सङ्ख्या ०१,६९,४०,००० अर्थात् २१.७ प्रतिशत रहेको छ । त्यसमध्ये अल्पसङ्ख्यक समुदायका महिला ५१,३०,००० जना अर्थात् ६.६ प्रतिशत रहेका छन् । ती पार्टी सदस्यहरूमध्ये ०२,७८,७३,००० जनाले क्याम्पस वा त्यसभन्दा माथि शिक्षा प्राप्त गरेका छन् । एङ्गोला प्रेस एजेन्सीले सीपीसीको उपलब्धिलाई ‘धरतीको सबैभन्दा विशाल राजनीतिक चमत्कार’ भनेको छ । त्यसैगरी भारतको ‘जी न्युज’ टेलिभिजनले आफ्नो समाचार विश्लेषणमा सीपीसीको सदस्य बन्दा नागरिकहरू गर्व गर्छन्, त्यसका कार्यकर्ता जुझारु छन् र सीपीसी अझै लोकप्रिय छ भनेको थियो । १२ मे २००८ मा सिचुवान प्रान्तमा भूकम्प गयो । पार्टी सदस्यहरूले चन्दा दिए, रक्तदान गरे, उद्धार गरे । एउटै कारखानाका ११६५ जनामध्ये ३०० ले १,५०,००० लाख युयान चन्दा दिए । सीपीसीका सदस्यहरूको भूमिकाले जनतालाई पार्टीप्रति आकर्षित गरिरहन्छ ।
ख) माओ एक राष्ट्रनायक
माओत्सेतुङलाई तियानमेन चोकमा छोडेर अघि बढ्न सम्भव छ ? अहँ त्यो कदापि सम्भव छैन । किन ?
पहिलो, माओ एकजना राष्ट्रिय नायक हुन् । सन् १८४० पछि चीन विनाशको दलदलमा फसेको थियो । दैवीप्रकोप र हीनताबोधले ग्रस्त थियो । माओको नेतृत्वमा सीपीसी र चिनियाँ जनताले त्यसबाट देशलाई बचाए । चिनियाँ कम्युनिस्ट पार्टी मात्र होइन, पूरै देश उनको साथमा थियो ।  दोस्रो, माओत्सेतुङ एकजना महान् चिन्तक थिए । उनको चिन्तन ‘जनताको सेवा गर्नु’ र ‘तथ्यद्वारा सत्य पत्ता लगाउने’ नियम दैनिक जीवनमा प्रयोग गर्नुपर्छ भन्ने थियो । ती प्रभावकारी र ऊर्जाशील नियम थिए ।

तेस्रो, माओ एकजना होनहार चिनियाँ नेता थिए । उनी कुशल साहित्यकार र कवि थिए । उनको हस्ताक्षर सुन्दर थियो । गहिरो समर्पणभाव थियो चिनियाँ जनता उनीप्रति कहिल्यै पनि नकारात्मक हुन सक्दैनन् र उनलाई बिर्सने छैनन् । सांस्कृतिक क्रान्तिकाल (सन् १९६६–१९७६) मा हुन गएका कमजोरीका कारणले उनीप्रति नकारात्मक छैनन् । किनकि माओत्सेतुङबाट महान् कार्यहरू भएका छन् । हरेक राष्ट्रका आफ्नै राष्ट्रिय नायकहरू हुन्छन् जसले देशको लागि बलिदान गरेका हुन्छन् । माओत्सेतुङको व्यक्तित्वबाट हामी चिनियाँहरूले धेरै प्रेरणा लिन सक्छौँ । जनताको विशाल सङ्ख्याले अहिले पनि माओत्सेतुङलाई राष्ट्रनायक ठानिरहेको छ र माओका विचार, योगदान र राजनीतिको ज्ञान सदस्यका लागि अनिवार्य ठानिन्छ ।

सन् १९४० मा नै माओत्सेतुङको लोकप्रिय नेतृत्वमा चीनमा ‘शैक्षिक विभाग’ चलेको थियो । त्यसले सिद्धान्त र राजनीतिमा एकरूपता काम गथ्र्यो । जापानी साम्राज्यवादविरोधी प्रतिरोध युद्ध (१९३७–१९४५), कोमिङताङ–कम्युनिस्ट पार्टी संयुक्त मोर्चा (१९२४–१९२७) का समयमा स्कुलिङको पाठ्यसामग्री माओत्सेतुङ आफैँले बनाउनुहुन्थ्यो । सन् नोभेम्बर १९३७ मा वाङ मिङ अन्तर्र ाष्ट्रियको नेपाली प्रतिनिधि सोभियत सङ्घबाट चीन आए । अरू केहीसहित उनले माओका नीतिहरूको आलोचना गरेका थिए । सन् १९३८ मा फेरि कम्युनिस्ट अन्तर्राष्ट्रियका लागि चीनले प्रतिनिधि पठायो जुन बेला माओ चीनमा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । कोमिन्टर्नसँग बहस चलिरहन्थ्यो । त्यस्तो समयमा पनि स्कुलिङमार्फत सीपीसीमा एकरूपता र राम्रो वैचारिक स्तर कायम हुन्थ्यो । माओ आफैँ कार्यकर्ता र तल्ला समितिमा प्रशिक्षण चलाइरहनुहुन्थ्यो । कम्युनिस्टले एउटा होइन, संसारबाटै ज्ञान लिनुपर्छ भनेर बारम्बार प्रकाशनहरू गरिरहनुहुन्थ्यो । फरकफरक स्तरका कार्यकर्ताका लागि फरकफरक प्रकाशन भैरहन्थे । त्यो परम्परा र संस्कार अहिले पनि पार्टीमा कायम छ ।
ग) कार्यकर्ता चयन
कुनै पनि पार्टी सदस्यको तथ्याङ्क व्यवस्थित राखिएमा कुनै नेता वा व्यक्तिले निर्णय गर्न सक्दैन । सांस्कृतिक क्रान्तिका समयमा जनताले पार्टी नेतृत्व र सरकारी काममा प्रभाव पार्थे । सन् १९७८ देखि कार्यकर्तामाथि जनताको प्रत्यक्ष भूमिकाको प्रावधान हटाइयो । नेतृत्व चयन जनवादी ढङ्गले चयन गरिन्छ । सम्बन्धित पदका लागि आवेदन सार्वजनिक गरिन्छ । आवेदन दिएकाहरूले त्यसपूर्व पार्टी भूमिका पूरा गरेनगरेको अथवा उम्मेदवार हुन लायक भएनभएको छानबिन सङ्गठन विभागले गर्छ । जनसेवा, बैठकमा नियमित उपस्थिति, जनसमर्थन र कार्यक्षमता कुनै पदका योग्यताहरू मानिन्छन् । त्यसपछि गोप्य मतदानको प्रक्रियाबाट नेतृत्व चयन हुन्छ । जनवादी तरिकाले कार्यकर्ताले नेतृत्व चयन गर्छन् ।
घ) पार्टीहरू कति वटा छन् ?
चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दै आएको छ । तर अरू ८ वटा गैरकम्युनिस्ट पार्टीहरू राज्य सरकारमा छन् । सन् यात सेनको कोमिङताङ पार्टी चीनको राष्ट्रिय पुँजीपति वर्गको पार्टी थियो । जापानविरोधी युद्ध (सन् १९३७–१९४५) मा सो पार्टीले जापानी आक्रमणकारीसँग आत्मसमर्पण गरेका कारण चीनमा अन्य देशमा जसरी पुँजीवादी पार्टी बलियो बन्ने आधार नभएको चिनियाँ अधिकारीहरूको धारणा छ । चीनमा निम्न पार्टीहरू क्रियाशील छन् –
१. क्रान्तिकारी चिनियाँ कोमिङताङ पार्टी (RCCK)
२. चीन प्रजातान्त्रिक लिग (CDL)
३. चीन प्रजातान्त्रिक राष्ट्रिय कन्ट्रक्सन एसोसिएसन (CDNCA)
४. चाइना एसोसिएसन फर द प्रोमोटसन अफ डेमोक्रेसी (CAPD)
५. चिनियाँ शान्ति र श्रमिक प्रजातान्त्रिक पार्टी (CPWDP)
६. चीन झिगोङ पार्टी (CZGP)
७. बद जीयू स्यान समाज (JSS)
८. ताइवान प्रजातान्त्रिक स्वतन्त्र सरकार लिग (TDSGL)
सामान्यतयाः पुँजीवादी सत्ता भएका देशमा पुँजीवादी व्यवस्थालाई स्वीकार गरेर र उसको कानुन मानेर मात्र सत्ताबाहिरका दलले गतिविधि गर्न पाउँछन् । चीनमा देशको प्रचलित कानुन मानेर दलहरूका बीचमा प्रतिस्पर्धा हुनसक्छ । त्यस्ता ८ वटासहित ९ वटा राष्ट्रिय स्तरका पार्टीहरू चीनमा क्रियाशील छन् ।  जापान पराजित भएपछि अमेरिका अणु बमको धम्की दिँदै सिमानामा आयो । कोरियामा चीन र अमेरिकाको युद्धसमेत भएको थियो । खुस्चेभको रुस र अमेरिकाले आणविक धम्की दिन थाले । ‘अणु बम कागजी बाघ हो’ भन्नुभयो । चीन अणु बम निर्माणमा लाग्यो । सन् १९६४ मा चीनले सफलतापूर्वक पहिलो अणु बम बनायो । त्यसैगरी ३ वर्षपछि दोस्रो परीक्षण ग¥यो । सन् १९७० मा चीनले मानव निर्मित भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण ग¥यो । 

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :