भारतमा कट्टरतावाद

राम शिरोमणी शुक्ल
सांस्कृतिक राष्ट्रवादको नाममा काम गरिरहेको ‘राष्ट्रिय स्वयम्सेवक सङ्घ’ को बारेमा भारतमा यत्रतत्र बहस छ । उसको कथनी र करनीका बीचमा अन्तरका कारण त्यसो हुने गर्छ । त्यसो त आफ्नो जन्मकालदेखि नै यो सङ्गठन विवादमा फस्दै आएको छ । हालैका दिनहरूमा उसले गरेका कार्यहरूले झनै शङ्का पैदा भएको छ । त्यसैले समयसमयमा उसको अनुसन्धान पनि भइरहन्छ । अहिले उसको विषयमा नयाँ शिराबाट अनुसन्धान हुनु आवश्यक देखिएको छ । सङ्घ र उसका निकट सङ्गठनद्वारा हालैका दिनहरूमा नागरिकमाथि भएका हमलाबाट उसले कस्तो राज्यको कल्पना गरेको छ, सहजै बुझ्न सकिन्छ ।

कुनै पनि सङ्गठनलाई बुझ्नका लागि उसको घरेलु नीति हेरे पुग्छ । त्यसको आधारमा उसले विदेशी शक्तिसँग कस्तो नीति अख्तियार गरेको छ ? सहजै बुझ्न सकिन्छ । हिन्दु राष्ट्रवाद १९३० मा युरोपियन फासिवादसँग सापटी लिइएको थियो । जसको मूल आधार हिन्दू धर्मावलम्बीबाहेक अरू सबैलाई दुश्मन घोषणा गर्नु हो । कट्टर हिन्दुवादीहरूले हिटलर र मुसोलिनीबाट प्रेरणा लिए । त्यसपछि त्यसै प्रकारको फासिस्ट समाज व्यवस्था कायम गर्ने कोसिस गर्न थाले । उसको त्यो कोसिस निरन्तर जारी मात्र रहेन, हाल उत्कर्षतिर गइरहेको छ । त्यसकारण लोकतन्त्र र समाजवादप्रति विश्वास गर्नेहरूका लागि यो स्थिति चिन्ता र त्रासदीमय छ ।

त्यसप्रकारको चिन्ता र त्रास ‘सङ्घ’ को स्थापना कालदेखि नै थियो । उसले फासिष्ट सत्ता बनाउने घोषणा पनि समयसमयमा गरिरहन्थ्यो । कैयौं राजनीतिक विश्लेषक र चिन्तकले धेरै पहिले नै लेखेका र सचेत पनि गराएका थिए । उनीहरूका अनुसार ‘सङ्घ’ले लोकतान्त्रिक प्रक्रियामा नभएर हिंसात्मक र तानाशाही तरिकामा विश्वास गर्दछ । फरक मतप्रति उसले बदलाभाव राख्दछ । ३० जनवरी १९९३ मा प्रकाशित ‘अर्थशास्त्र र राजनीतिक साप्ताहिक’ हेरेमा त्यसले कसरी काम गर्दछ, त्यसको वैचारिक आधार के हो र त्यसले कट्टरतावादलाई कसरी प्रश्रय दिइरहेको छ ? भन्ने कुरा राम्ररी बुझ्न सकिन्छ । महात्मा गान्धीको हत्या गरेपछि यसको परिचय राम्ररी भएको छ । त्यसबेला सङ्घद्वारा प्रकाशित साहित्य हेर्दा धेरै कुरा प्रष्ट हुन्छ । यो लेख त्यही प्रसङ्गमा अगाडि बढाइने छ । सन् १९९३ मा प्रकाशित अमत्र्य सेन र खाकी शार्ट्स एण्ड सैफ्रान फ्लैग्सका लेखहरू हेरेमा सङ्घले कस्तो विचार र गतिविधिमा संलग्न छ ? बुझ्न सकिन्छ । बाबरी मस्जिद भत्काइएको र त्यसपछिको समयमा यी लेख बाहिर आएका थिए । जुनबेला सङ्घको कट्टररूप उत्कर्षमा थियो । ती लेख र लेखकहरू इतिहासकार भन्दा वैज्ञानिक विचारकका रूपमा चिनिन्छन् ।

दोस्रो विश्वयुद्धको समयमा जब यसको विस्तार हुँदै थियो, त्यसै समयमा मान्छेले सङ्घको सङ्गठन र चिन्तनमा टुप्पीसम्म कट्टरवाद महशुस गरेका थिए । त्यसबेलाको बलियो सङ्गठन कांग्रेसले सङ्घको उदयदेखि नै आलोचना गरेको थियो । जवाहरलाल नेहरूले उसलाई साम्प्रदायिक र फासिस्ट चिन्तन भएको सङ्गठन भनेका थिए । नेहरूको धारणा बुझ्नका लागि महात्मा गान्धीको हत्या पश्चात कांग्रेसमा प्रेषित गोप्य परिपत्रको अध्ययन आवश्यक छ । सङ्घको विचार र कार्यशैलीमा रहेको एकरूपताका विषयमा त्यहाँ उल्लेख छ । सो प्रतिवेदनअनुसार सङ्घको शुरुवात नागपुरमा केही युवाहरूको स्काउट आन्दोलनका रूपमा भएको थियो । त्यसपछि विस्तारैविस्तारै यो साम्प्रदायिक सैन्य सङ्गठनका रूपमा प्रकट हुन थाल्यो । प्रतिवेदनमा सङ्घलाई महाराष्ट्रका ब्राह्मणहरूको सङ्गठन भनिएको थियो । गैरब्राह्मण समुदायप्रति त्यस सङ्गठनको कुनै स्तरको सहानुभूति थिएन । भारतका अन्य प्रान्त र सङ्गठनको कुनै किसिमको सहानुभूति थिएन । भारतका अन्य प्रान्तमा सङ्गठनकर्ता र प्रचारक पनि महाराष्ट्रका ब्राह्मण नै हुन्थे । महाराष्ट्रका ब्राह्मण सङ्घको माध्यमबाट अंग्रेजको पलायनपश्चात उनीहरू राज कायम गर्न चाहन्थे ।

संवैधानिक प्रक्रिया र सत्य–तथ्यभन्दा अलग फासिष्ट तरिकामा सङ्घको विश्वास थियो । सङ्घको न विधान रहेको छ नत उद्देश्य र लक्ष्य भएको कुनै घोषणा पत्र वा प्रतिवेदन छ । आम जनतालाई शारीरिक प्रशिक्षण दिनु यसको उद्देश्य रहेको बताइन्छ । यसका कार्यकर्तालाई नै सङ्गठनको उद्देश्य भनिएको हुँदैन । जसमा विशेष सम्बन्धका आधारमा जिम्मेवारी दिइन्छ । त्यसको कामको कुनै लिखित प्रतिवेदन हुँदैन । सदस्यता प्रदानको कुनै तथ्याङ्क हुँदैन आय–व्ययको लेखा राख्ने गरिन्न । त्यसरी सम्पूर्ण रूपमा सङ्घले गोप्य र अपारदर्शी रूपमा काम गर्छ ।  प्रहरी र अन्य कैयौंका प्रतिवेदनका अनुसार सङ्घको इटालीको मुसोलिनी फासिवादसँग सिधा सम्बन्ध रहेको थियो । हिन्दु कट्टरवाद र इटालीको फासिवादका बीचमा सन् १९२० देखि सम्बन्ध रहँदै आएको थियो । त्यसैबेलादेखि फासिवाद महाराष्ट्रमा प्रयोगमा ल्याउन थालियो । सन् १९३१ मा वि.एस.मुन्जेको इटाली भ्रमणदेखि यसले बढी सफलता पाउन थाल्यो । इटाली भ्रमणबाट फर्केपछि मुन्जेले हिन्दू समाजलाई फासिस्ट र सैन्यकरण गर्दै लगे । उनीहरूले इटालीको फासिवादको स्तुतीगान गर्न थाले । जसको प्रष्ट रूप दोस्रो विश्वयुद्धमा प्रकट भयो । त्यसबेला सङ्घले अंग्रेजलाई सहयोग गथ्र्यो । जुन चिन्ताको विषय थियो । त्यसबाट अंग्रेजको तानाशाहीप्रति सहानुभूति रहेको बुझ्न सकिन्थ्यो । त्यसबेला सङ्घ अंग्रेजसँग होइन कथित आन्तरिक दुश्मनसँग लड्ने तयारी गर्दै थियो ।
(क) हिन्दू राष्ट्रवाद र इटालियन फासिवाद
भारतीय हिन्दु राष्ट्रवादीहरूको फासिवाद र मुसोलिनीप्रति झुकाव कुनै नेताको व्यक्तिगत कारणले होइन महाराष्ट्रमा उनीहरूले गरिरहेको प्रयोगबाट बुझ्न सकिन्छ । जुन विषयमा मराठी भाषाका सञ्चारमा व्यापक चर्चा भएको थियो । सन् १९२४ देखि सन् १९३५ सम्म ‘केशरी’ अखबारले लगातार इटालीको फासिवाद र मुसोलिनीका विषयमा सम्पादकीय र लेखहरू प्रकाशित गरेको थियो । मराठी पत्रकारहरू ठान्थे कि मुसोलिनीले एक पछौटे इटालीलाई शक्तिशाली देश बनाए । त्यसपछि फासिवादले कसरी मान्छेलाई भ्रमित गर्छ भन्ने कुरा भारतमा आँकलन गर्न थालियो । ‘केशरी’को सम्पादकीयले एउटा अराजकतामा फसेको देशलाई कसरी आधारभूत रूपमा व्यवस्थित गरियो । अराजकता उदार सरकारको देन हो । सङ्घको समाज व्यवस्थामा सामाजिक आन्दोलनलाई स्थान हुनेछैन । मुसोलिनीको अवधारणा तानाशाही थियो किनकी लोकतान्त्रिक व्यवस्थाभन्दा एकजना सक्षम शासक प्रभावकारी हुन्छ उनी भन्थे । के सङ्घको विचार त्यस्तै होइन ।

अन्ततः १३ अगस्ट १९२९ मा ‘इटाली र युवा पुस्ता’ शिर्षकमा एउटा लेख प्रकाशित भयो । जसमा त्यहाँका युवाहरूले देशलाई कसरी नयाँ दिशा दिए भन्ने उल्लेख थियो । जसको कारण इटालीले चौतर्फी विकास गरेको थियो । जसमा इटालीमा फासिस्ट व्यवस्था कसरी स्थापना गरियो भन्ने उल्लेख थियो । इटालीका युवामा अनुशासन हुनुको मुख्य कारण त्यहाँ व्याप्त धार्मिक भावनालाई कारण मानिएको थियो । परिवारप्रति मोह र परम्परागत मूल्यहरूप्रति आस्था अर्को कारण बताइयो । जस्तो कि महिलाहरूलाई सम्बन्ध विच्छेदको अधिकारबाट वञ्चित गर्नु, मतदानको अधिकारबाट वञ्चित गर्नु तथा उनीहरू घरभित्र सीमित रहनु भनिएको थियो । इटालीको फासिवादी युवा सङ्गठनहरू बलिल्ला र अवांगार्डिस्टको बारेमा सो लेखमा सविस्तार व्याख्या गरिएको थियो । ती सबैको आधारमा सजिलै भन्न सकिन्छ कि सन् १९२० पछि महाराष्ट्रमा तानाशाही र मुसोलिनीको लोकप्रियता कसरी बढ्न गयो । समाजको सैन्यकरण हिन्दू समाजमा लोकप्रिय हुन थाल्यो । त्यसको आधारमा हुनसक्ने सामाजिक परिवर्तनका दृश्यहरू प्रकट हुन थाले । उनीहरूका बीचमा लोकतन्त्र भन्दा तानाशाही व्यवस्था बढी लोकप्रिय हुँदै गयो । यहाँनेर के बिर्सनु हुँदैन त्यसैप्रकारको चिन्तन अंग्रेजको पनि थियो । त्यसप्रकारको तानाशाही व्यवस्था र तानाशाही इटालीका शासकसँग सबैभन्दा पहिला हिन्दू राष्ट्रवादी नेता बि.एस.मुन्जे सम्पर्कमा पुगे । मुन्जे र हेडगेवार घनिष्ट मित्र थिए । मुन्जेको घोषित उद्देश्य नै सङ्घलाई राष्ट्रव्यापी रूपमा बलियो बनाउनु थियो ।

सन् १९३१ फरवरी मार्चमा गोलमेच सम्मेलन पश्चात इटाली गएका मुन्जे लामो समय त्यहीँ रोकिए । त्यहाँ उनले केही सैन्य विद्यालय र शिक्षण संस्थाको भ्रमण गरे । त्यो भ्रमणको मुख्य उद्देश्य मुसोलिनीसँग भेट्नु थियो । मुन्जेले आफ्नो दैनिकीमा त्यस विषयमा रोचक प्रसङ्ग उल्लेख गरेका छन् । मुन्जे १५ देखि २४ मार्चसम्म रोममा बसेका थिए । मार्च १९ मा मुन्जेले सैनिक क्याम्पस, केन्द्रीय शारीरिक शिक्षा विद्यालय, फासिष्ट प्राज्ञिक भौतिक शिक्षा र बलिल्ला तथा अवाङ्गार्डिस्टी संस्थाहरूको भ्रमण गरे । बलिल्ला र अवाङ्गार्डिस्टीको भ्रमणलाई मुन्जेले युवाहरूलाई फासिवादप्रति आकर्षित गर्ने कोसेढुङ्गा भनेथे । जसको सम्पूर्ण ढाँचा सङ्घको जस्तै छ । अथवा यसो भन्नु उपर्युक्त हुन्छ कि त्यसैअनुसार सङ्घको ढाँचाकाँचा तयार गरियो । उनीहरूले ६ वर्षका केटादेखि १८ वर्षका युवालाई साप्ताहिक रूपमा भर्ना गर्थे । उनीहरूलाई शारीरिक अभ्यास र अर्धसैन्य तालिम दिन्थे । लठ्ठी चलाउन र परेड खेलाइन्थ्यो । दैनिकीमा मुन्जेले आफ्नो मुसोलिनीसँगको भेटका विषयमा पनि सविस्तार लेखेका छन् । भ्रमणबाट मुन्जेमा कस्तो प्रभाव पा¥यो भन्ने मुसोलिनी जान्न चाहन्थे । मुन्जेले आफू जहाँजहाँ पुगे, त्यसबाट अत्यन्त प्रभावित भएको बताएका थिए । मुन्जेले मुसोलिनीलाई के पनि भने कि विकासशील देशका लागि त्यसप्रकारका संस्थाहरूको निकै आवश्यक छ । मुसोलिनीले मुन्जेलाई धाप मार्दै ‘तपाईमाथि निकै ठूलो जिम्मेवारी छ’ भनेका थिए । मुसोलिनीले मुन्जेको यात्रा सफल रहोस् भन्ने कामना गरे ।

सङ्घ र अन्य हिन्दु कट्टरवादी सङ्गठन वा पार्टीहरूको ढाँचा सङ्घका संस्थापक अध्यक्ष श्री हेडगेवारको सोच र कामको परिणाम हो । मुन्जेले त्यसलाई इटालीको फासिवादसँग भाइचारा सम्बन्ध कायम गराए । मुन्जेले आफ्नो दैनिकीमा आफू कसरी मुसोलिनी विचारबाट प्रभावित भएँ भन्ने उल्लेख गरेका छन् । मुसोलिनीले राष्ट्रिय एकताको नारा दिएर देशलाई सैन्यकरण गरेका थिए । मुसोलिनीले मान्छेका कमजोरीमा खेलेर बलिल्लाजस्ता मण्डले संस्थाहरू स्थापना गरे । मुन्जेका अनुसार त्यसो गर्नु मुसोलिनीको महत्वपूर्ण विचार थियो । भारतमा हिन्दू एकाधिकार कायम गर्नका लागि बलिल्लाजस्ता संस्थाहरू स्थापना गर्नु र सैन्यकरण गर्नु अनिवार्य थियो । ‘नागपुरमा हेडगेवारको नेतृत्वमा काम गर्ने राष्ट्रिय स्वयंसेवक सङ्घ त्यसरी नै काम गरिरहेको छ । म हेडगेवारको सो सङ्गठनलाई पूरै महाराष्ट्र र अन्य राज्यहरूमा विस्तार गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेछु’ मुन्जेले घोषणा गरेका थिए । आज स्पष्ट भएको छ कि कट्टर हिन्दूवादको पछाडि मुन्जेको इटाली भ्रमणको अनुभवलाई भारतमा लागू गर्नु रहेको छ ।

image
मुन्जे र मुसोलिनी : सन् १९३१, इटाली

इटालीबाट फर्किनासाथ मुन्जेले ढिलो नगरी काम गर्नु सुरु गरेका थिए । उनले सुरुमा महाराष्ट्रमा सैन्य विद्यालयको जग निर्माण गरे । त्यसपछि त्यहाँ सैन्यकरणको सुरु गरे । महाराष्ट्रको एक नगर पुणेमा उनले भारतीय समाजलाई सैन्यकरण गर्नुपर्ने र रक्षामन्त्री भारतीय नागरिक हुनुपर्ने दाबी ‘महरट्टा’ लाई दिएको अन्तर्वार्तामा गरेका थिए । सैन्य भर्ती अनिवार्य गर्नुपर्ने उनको दाबी थियो । उनले जर्मनी र इटालीबाट भारतले सिक्नुपर्ने बताएका थिए । यसैबीच त्यस विषयमा बहस चल्न थाल्यो । उता हेड्गेवारले समाजको सैन्यकरणको अभियान सुरु गरे । सन् १९३३ जनवरी ३१ मा फासिवाद र मुसोलिनी विषयक सम्मेलनको उद्घाटन हेड्गेवार र समापन भाषण मुन्जेले गरेका थिए । सम्मेलनका प्रायोजक कावडे शास्त्री थिए । ३१ मार्च १९३४ मा मुन्जे, हेड्गेवार र लालु गोखलेका बीचमा छलफल भयो । जसको आशय जर्मनी र इटालीसरह भारतको सैन्यकरण गर्नु थियो । मुन्जे र सङ्घको निकट सम्बन्धको पुष्टि अंग्रेज सूत्रहरूले पनि गरेका थिए । ‘राष्ट्रिय स्वयंसेवक सङ्घको विषय’ नामक एक गुप्तचर प्रतिवेदनले सन् १९३३ मा मुन्जेलाई मराठी भाषी क्षेत्रमा सङ्गठन विस्तारको जिम्मा दिइएको थियो । जसमा सङ्घले भारतलाई कसरी जर्मनीको नाजी र फासिस्ट इटालीजस्तै बनाउन चाहन्छ भन्ने उल्लेख थियो । इटालीबाट फर्केपछि मुन्जेले आफूप्रति सहानुभूति राख्नेहरूसँग भारतलाई सैन्यकरण गर्ने विषयमा छलफल सुरु गरे । सन् १९३४ मा मुन्जेले नीजि स्तरमा भोसला सैन्य विद्यालय स्थापनाको काम सुरु गरे । त्यसै वर्ष केन्द्रीय हिन्दू सैन्य शिक्षा समाज नामक संस्था स्थापनाको काम पनि सुरु गरे । जसको उद्देश्य सनातन धर्मको प्रचार र राष्ट्रिय सुरक्षाको दृष्टिले आवश्यक जनमत निर्माण गर्नु थियो ।

मुन्जेको त्यो कार्यक्रम सम्पूर्ण रूपमा हिन्दू सम्प्रदायको लागि थियो । भारतका लागि होइन । यी संस्थाहरूको स्थापना गर्दा मुन्जेले स्वीकार गरेका थिए कि हिन्दू समाजको सैनिकीकरणका लागि उनलाई इङ्लैण्ड, फ्रान्स, जर्मनी र इटालीबाट प्रेरणा मिलेका थियो । युवाहरूलाई मानसिक र भौतिक रूपमा जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बनाउनु प्रशिक्षणको उद्देश्य रहेको मुन्जेको धारणा थियो । त्यसका लागि उनले इटालीको उदाहरण दिन्थे । मुन्जेको दाबी थियो इटालीमा एकदिन सैनिक विद्यालयद्वारा ६० लाख युवा सेनामा भर्ती हुनेछन् । परिणाम स्वरूप इटालीमा जनता र सेना बीचको अन्तर हरायो । त्यसो हुँदाहुँदै पनि संसारलाई थाहा छ कि इटाली युद्धमा पराजित हुनुप¥यो । इटालीमा जेसुकै भएको भएपनि महाराष्ट्रमा इटालीको प्रेरणाले हिन्दु फासिवाद फैलियो ।
(ख) सावरकर वा नाजीवाद
दोस्रो विश्वयुद्धपछि सावरकर राजनीतिक परि दृश्यमा आउनासाथ इटाली र जर्मनीको बचाउमा धेरै कुरा भैरहेको थियो । यद्यपि विस्तारैविस्तारै जर्मनीको पक्षमा झुकाव बढ्दै गयो । सन् १९३७ मा सावरकर रिहा हुनासाथ उनलाई हिन्दू महासभाको अध्यक्ष घोषणा गरियो । सन् १९४२ सम्म उनी सङ्घका अध्यक्ष रहिरहे । विश्व राजनीतिक र भारतकै राजनीतिमा त्यो ऐतिहासिक कालखण्ड थियो । कट्टर हिन्दुवादी सङ्गठनका बीचमा सङ्घ र हिन्दु महासभा कहिल्यै निकट नरहेको दाबी चलिरहन्थ्यो । सावरकरको समयमा सम्पर्क मात्र स्थापित गरिएको थियो । वास्तविकता के हो भने यी दुई सङ्गठनका बीचमा सधैं निकट सम्बन्ध थियो । के भुल्नु हुँदैन भने सन् १९२ ९–१९३१ सम्म हेड्गेवार नै हिन्दु महासङ्घका सचिव थिए । सङ्घले हिन्दु महासभालाई समर्थन गरेको ठानिन्थ्यो । सावरकरको रिहाइपछि भएको स्वागत जुलुशको हर्ताकर्ता सङ्घका कार्यकर्ता थिए ।

सन् १९३८ मा पुणेमा भएको झण्डै २० हजारको सभामा सावरकरले भारतको विदेश नीति निश्चित विचारधाराद्वारा निर्देशित हुनुपर्ने बताएका थिए । उनले जर्मनी र इटालीको फासिवादको पक्षपोषण गरे । जनताले चाहेको व्यवस्था फासिवाद नै किन नहोस्, अपनाउने अधिकार छ । रुसलाई बोल्सेभिक राम्रो लाग्छ होला र ब्रिटेनलाई लोकतन्त्र । जनताको हित गर्ने कुनै पनि व्यवस्था चुन्ने हक जनताको हो । त्यसो भन्दै उनले नेहरूको कडा आलोचना गरिरहेका हुन्थे । जर्मनी, जापान, रुस, इटालीको कुन व्यवस्था अपनाउने भन्ने कुरा हामीले भन्ने होइन । नेहरूलाई भन्दा हिटलरलाई आफ्नो देशमा कस्तो व्यवस्था अंगाल्ने कुरा राम्ररी थाहा छ । नाजीवाद र फासीवादलाई अपनाएका कारणले इटाली र जर्मनी बलिया देश भएको उनले बताए । सन् १९३८ अक्टोबर ११ मा पुणेको सभामा सावरकरले जनमत सङ्ग्रह गराउने हो भने मुस्लिमले मुस्लिम र हिन्दूले हिन्दूसँग एकीकरण चाहन्छन् । उनले त्यो के भन्न खोजेका हुन् बुझ्न कठिन छैन । सावरकर कार्यकालमा मुस्लिम विरोधी लहर तिव्र पारियो । जसरी जर्मनीमा हिटलरले ज्यूज जातिको समस्या सुल्झाए त्यसरी नै भारतमा मुसलमानको समस्या समाधान गर्नुपर्छ । सावरकरले आफ्नो सार्वजनिक कार्यक्रममा हिटलरको ज्यूज विरोधी नीतिको समर्थन गरिरहे । १४ अक्टोबर १९३८ मा सावरकरले कुनै पनि देशको निर्माण त्यहाँको बुहसंख्यक जनताको जगमा टेकेर गर्नुपर्ने धारणा प्रस्तुत गरे । अल्पसंख्यक भएका कारण हिटलरले ज्यूज समुदायलाई देश निकाला गरेको थियो ।

भारतीय कांग्रेसले जर्मनीको विरुद्ध खेद प्रस्ताव पारित गरेपछि हिन्दू महासङ्घका नेता सावरकरले हिटलरको आन्दोलन राष्ट्रवादी भएको र अल्पसंख्यक ज्यूज साम्प्रदायिक भएको आरोप लगाएका थिए । अघिल्लो वर्ष २९ जुलाईमा पुणेको सभामा उनले राष्ट्रियता भूगोलको आधारमा निश्चित नहुने तर्क गरेका थिए । त्यो विचार, धर्म, भाषा र संस्कृतिको आधारमा निश्चित गरिन्छ । त्यसअनुसार जर्मन र ज्यूज एक राष्ट्रका रूपमा मान्न सकिन्न । सन् १९३९ को हिन्दु महासभाको २१ औं सम्मेलनमा सावरकरले ज्यूज र भारतका मुस्लिम समुदायको सम्बन्धमा अत्यन्त आपत्तिजनक तुलना गरे । भारतका मुस्लिमहरूले छिमेकका मुस्लिम सरह आफूलाई ठान्नु हुँदैन । जर्मनीका ज्यूजसरह भएर उनीहरू भारतमा बस्नुपर्छ । उनले आफ्नो कृति ‘हिन्दुत्व–हिन्दु के हो ?’ मा भनेका छन् – उनीहरूको पवित्र स्थल प्यालेस्टाइन र अरब हो । उनीहरूको पौराणिक कथाहरू, ईश्वर, विचार, नायक यो धरतीमा छैनन् । उनीहरूको नामसमेत विदेशबाट राखिन्छ । सन् १९३० को अन्तसम्म पुग्दा सबै हिन्दुवादी सङ्गठनमा जर्मनीको ज्यूज नीति आकर्षणको केद्र बनिसकेको थियो । सङ्घका महासचिव गोलवलकरले जर्मनीको ज्यूज नीतिबाट भारतले सिक्नुपर्ने बताएका थिए । उनको सोच सावरकरको भन्दा पनि कट्टर थियो । मुस्लिम समुदायलाई भारतमा विदेशी नागरिक सरह दोस्रो दर्जाको मान्नुपर्ने उनको धारणा थियो । उनीहरूलाई नागरिक अधिकारबाट वञ्चित गर्नुपर्ने र उनीहरूले राज्यसँग माग होइन निगाहामा बस्नुपर्ने उनको दाबी थियो ।
(ग) सावरकर र सुभास चन्द्रबोसको बातचित
सन् १९४० जुन महिनामा बम्बईमा सुभास र सावरकरको छलफल भएको थियो । सावरकरलाई नेताजी सुभासको समर्थन रहेको चर्चा गरिएको थियो । दुवै नेताले युरोप भ्रमणका विषयमा लामो छलफल गरेका थिए । अंग्रेजका विरुद्ध शक्ति केन्द्रित गर्ने सहमती पनि भएको थियो । महात्मा गान्धीको हत्या भएको ४ वर्षपछि महासङ्घले त्यससम्बन्धी दस्तावेज सार्वजनिक गरेको थियो । त्यो त्यस्तो समय थियो जब महात्मागान्धीको हिन्दु महासङ्घको संलग्नताको आशंका गरिन थालेको थियो । त्यसकारण उसको छवि धुमिल हुँदै गएको थियो । आफ्नो धुमिल छवि सपार्न उनीहरूलाई आफू अंग्रेज विरोधी देखाउनुपर्ने बाध्यता उनीहरूलाई परेको थियो । महात्मा गान्धी हत्याको आशंका गरेको कारणले मात्र नभएर अंग्रेज विरोधी आन्दोलनमा उनीहरूको भूमिकाका कारणले पनि त्यसो गर्नु बाध्यता थियो । त्यस बीचमा हिन्दू महासभाले अंग्रेजी सरकारसँग कैयौं माग पेस ग¥यो । जसमा भारतीय समाजको सैनिकीकरण र सेनालाई भारतीयकरण गर्नुपर्ने माग पनि थियो । सैन्य कानूनमा सुधारको माग गरियो । सीमा सुरक्षा बल र अर्ध सैन्य बललाई ब्रिटेनको सरह बनाउनु पर्ने भनिएको थियो । त्यसपछि उनीहरूले ‘राष्ट्रिय जनमिलिशिया गठन’ को काममा तिब्रता दिए । जसको प्रमुख मुन्जे बनाइए । पुणेमा भएको बैठकमा मुन्जेले आन्तरिक वा बाह्य खतरा भएमा सङ्गठनले जिम्मेवारी बहन गर्नेछ भनेका थिए । आन्तरिक खतरा भनेर उनले मुस्लिम समुदायप्रति संकेत गरेका थिए ।
महासङ्घ नेता खापर्डेलाई मुन्जेद्वारा लेखेको चिठ्ठीमा मुसलमानहरू अराजक बन्दै गएको आरोप लगाइएको थियो । कांग्रेस सरकारले उनीहरूलाई नियन्त्रण गर्नुको सट्टा प्रश्रय दिइरहेको आरोप लगाइएको थियो । कांग्रेसबाट अरू आशा गर्न पनि नसकिने भएका कारण कांग्रेस र मुसलमानहरू दुवैका विरुद्ध लड्नु पर्ने निष्कर्ष थियो । उत्तर प्रदेशमा मुस्लिम लीगले खास्कर हरूका विरुद्ध अपनाएको नीति हामीले पनि अपनाउनु पर्छ भनेका थिए । त्यसका लागि हिन्दू राष्ट्रवाद र फासिवादका बीचमा अदृश्य साँठगाँठ थियो । त्यसैकारणले होला अंग्रेजहरू कांग्रेस र मुस्लिमप्रति आक्रामक थिए । हिन्दूवादीप्रति नरम नीति लिन्थे ।

मुन्जेको रणनीतिअनुसार राष्ट्रिय स्वयंसेवक सङ्घलाई राष्ट्रिय मिलिशिया गठनमा सक्रिय हुनुपर्ने निर्देशन थियो । बडौदाका नाना साहिलले शिन्देलाई लेखेको एउटा चिट्ठीमा मुन्जे भन्छन् कि ‘हिन्दु नेशनल मिलशिया’ सम्बन्धी उनको धारणालाई महाराष्ट्रमा स्वीकार गरिएकोमा उनी प्रसन्न छन् । उनले हेड्गेवारसँग पनि सम्पर्क विस्तार गरेर मिलिशिया गठनका लागि छलफल गरे । त्यहीबेला लाहौरमा त्यही प्रकारका कैयौं सङ्गठन बनेको सूचना मुन्जेलाई एकजना कट्टरपन्थीले दिएका थिए । जसको सदस्य संख्या ५० हजारसम्म पुगेको छ तर तिनीहरू एउटै झण्डामा केन्द्रित छैनन् । जसमध्ये राष्ट्रिय स्वयंसेवक सङ्घ, आत्मा सङ्घ, महाबिर दल, सेवा सङ्घ, अकाली दल आदि छन् । उनीहरूसँग सानो सैन्य सङ्गठन पनि छ । अकाली दल तरवारले सुसज्जित छ र अन्य अरू अस्त्रले सज्जित छन् । राष्ट्रिय स्वयंसेवक सङ्घसँग लौरोमात्र रहने गर्छ । सबैभन्दा पहिला यी सबैलाई एउटै झण्डामुनी गोलबन्द गर्न आवश्यक छ । यस्तो घनिभूत योजना भएपनि हिन्दू मिलिशियाको गठन हुन सकेन । किनकी सरकारले सैन्य, अर्धसैन्य सङ्गठन र त्यसप्रकारका शैक्षिक संस्था बनाउन प्रतिबन्ध लगाएको थियो । सन् १९४० मा बहुसंख्यकवादी कट्टर हिन्दुवादीहरूको वास्तविक अनुहार प्रकट भयो । जब उनीहरूले खुलेआम फासीवाद र नाजीवादको सार्वजनिक रूपमा प्रशंसा गर्न थाले । हिटलर र मुसोलिनीद्वारा गरिएका अत्याचारहरू र हिंस्रक कारवाहीहरूको समर्थन गर्न थाले । राम्ररी बुझ्न सकिन्छ कि के उनीहरूको त्यो सोंच अंग्रेज विरोधी थियो त ? तर हिन्दू राष्ट्रवादीहरूले अंग्रेजको विरुद्ध आफूलाई केन्द्रित गरेका थिए । त्यस विपरित सुभासचन्द्र बोस उनीहरू भन्दा कैयौं गुणा बढी अंग्रेज विरोधी थिए । हिन्दू महासभाले त ब्रिटिशहरूसँग मोलतोल गर्न बोसको समर्थन मात्र गरेका थिए ।
निष्कर्ष
यो अध्ययनले बताउँछ कि हिन्दू राष्ट्रवादी सङ्गठनहरू र त्यसका नेताहरूको विचारधारा फासिवाद र नाजीवादबाट प्रेरित थिए । हिन्दू राष्ट्रवादमा फासिवादलाई उनीहरू प्रासङ्गित ठान्थे । कतिपय विषयमा हिन्दुवादी र इटालीका बीचमा प्रत्यक्ष सम्पर्क पनि थियो । सन् १९२० को प्रारम्भ र दोश्रो विश्वयुद्धपछि पनि हिन्दु राष्ट्रवादीहरूले फासिस्ट इटाली र नाजी जर्मनीबाट प्रेरित थिए । फासिवाद र हिन्दु राष्ट्रवादका बीचमा सहकार्यको कारण नै हिन्दु समाजको सैन्यकरण र कट्टरवादले प्रश्रय पाएको थियो । हिन्दू राष्ट्रवादीहरूले अन्य धार्मिक समुदायलाई दुश्मनका रूपमा हेर्छन् । यो आन्तरिक दुश्मनको अवधारणा सावरकरको हिन्दुत्वमा पनि छ । यदि हिन्दु कट्टरता प्रजातन्त्रपछिको समस्या हो भन्ने कसैलाई लागेको छ भने उसले कट्टरवादको आन्तरिक र बाध्य प्रभावलाई गम्भिरतापूर्वक अध्ययन गर्नुपर्छ । सन् १९२० र १९३० मा फासीवाद अन्तर्राष्ट्रिय परिघटना थियो । त्यसले विश्वभरका कट्टरतावादी आन्दोलनलाई प्रोत्साहित गरेको थियो । त्यसप्रकारको प्रभाव हिन्दु राष्ट्रवादीहरूमा अझसम्म देखिन्छ । जसलाई अस्विकार गर्न सकिन्न ।
अनुवाद ः अनिल शर्मा
साभार ः समकालीन तीसरी दुनिया
अप्रिल २०१६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :