एकीकृत जनक्रान्ति – जिन्दावाद !

कविता


माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद !
एकीकृत जनक्रान्ति– जिन्दावाद !
समाजवादी– क्रान्ति जिन्दावाद !!
एकीकृत क्रान्ति– जिन्दावाद !!!

जनतन्त्र नेपालको सपना सजाउँछौँ
बेथान, बेनी, पिलीको शक्ति फेरि जोर्छौं ।
दिलमाया, वासु, इच्छुक–चुनुको साहस जुटाउँछौँ
सल्लेरी र खाराको क्षतिपूर्ति गर्छौं

जितबाट पाठ सिक्दै, हारबाट शिक्षा लिँदै
विघटित जनसत्ता फेरि ब्युँताउँछौँ
खारेज गर्दै पलायनका चुनबाङ र बाह्रबुँदे
बुझाइएका हतियार फेरि कब्जा गर्छौं
भट्टेडाँडा दोहो¥याउँछौँ, साँखु–थानकोट जगाउँछौँ
जनताको रातो सत्ता फेरि उल्ट्याउँछौँ
स्वतन्त्र र मुक्त सत्ता घोषणा गर्छौं !

एक दशकको रक्तभेललाई आधार बनाउँदै
सामाजिक दलाल पुँजीवादलाई धुलो चटाउँदै
नवसंशोधनवादलाई घुँडा टेकाउँछौँ
थबाङ, पेरू, चिङकाङसानलाई एउटै बनाउँछौँ
लेनिनग्राद र दन्तेबाडा सँगै उठाउँछौँ ।

पेरिस कम्युन–मलङ्गवा एकजुट बनाउँदै
सहिद र बेपत्ताका सपना सजाउँदै
घाइते र अपाङ्गमा आशा जगाउँदै
नेतृत्वबाटै गराउँदै सर्वहाराकरण
स्वप्नदर्शी जनतालाई जाग्रत गराउँछौँ
जनवादी क्रान्ति हुँदै आउँछ हाम्रो समाजवाद
समाजवादी क्रान्तिपछि उदाउँछ साम्यवाद !

खबरदार ! जनताका सबैखाले वैरीहरू हो !!
होसियार अवसरवादी, संसद्वादी दलालहरू हो !!
क्रान्तिकारी एक छौँ, अझै एक बन्दैछौँ
युद्धबाट पाठ सिक्दै, कुडाकर्कट मिल्काउँछौँ
एकीकृत जनक्रान्तिको रातो भट्टी बाल्दैछौँ
मालेमावाद– जिन्दावाद !
एकीकृत जनक्रान्ति– जिन्दावाद !!
वैज्ञानिक समाजवाद– जिन्दावाद !!!

२०७५ साउन ५ गते अपरान्ह ५ ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :