नेपालमा फेरि सेना हुल्ने भारतीय षड्यन्त्र

सन् १९६२ मा चीन र भारतका बीचमा युद्द भयो । त्यसका लागि केहि वर्ष अघिदेखी भएका हर्कतले युद्धको अवश्यम्भाविता देखिएको थियो । तत्कालिन रुस र अमेरिका दुवैले धाप मारेका कारण भारतले चीनका विरुद्ध युद्धको तयारी गरेको थियो । चीनले पनि तयारी तिव्र पार्यो । राजा महेन्द्रको नेतृत्वमा रहेको पंचायती व्यवस्था र तत्कालिन प्रधानमन्त्री र्कितिनिधी बिष्टको सरकारले नेपालको उत्तरी सिमानामा रहेका भारतीय सेना र काठमाडौंको उसको कार्यालय कसरी हटायो रु यो विषय आज पनि रहस्य र कौतुहलको विषय छ । वास्तविकता के हो त रु

                भारतसंग युद्ध अनिवार्य बन्दै गएपछि चीनले नेपालसंग भारतका विरुद्द लड्न नेपालसंग खास गरी लडाकु विमानका लागि नेपाली भूमि प्रयोग गर्न दिन प्रस्ताव गर्यो । त्यसो गर्दा नेपाल सिधै युद्दमा तानिन्थ्यो । नेपाल चीनपक्ष भएर भारतका विरुद्द लड्नु पर्थ्यो । चीनले युद्दका लागि नेपाली भूमि प्रयोग गर्ने प्रस्ताव गर्ला भनेर नेपाली अधिकारीहरुले सोचेकै थिएनन् ।

नेपाल भारतसंग शत्रुता मोल्न चाहन्नथ्यो । त्यसो गर्नु उचित पनि हुन्नथ्यो । चीनसंग दुरी बढाउन राजा महेन्द्र चाहन्नथे । त्यो अकल्पनीय संकटलाई नेपालले एतिहासिक अवसरका रुपमा प्रयोग गर्यो । नेपालले भारत समक्ष ’नेपालमा भारतीय सेना रहिरहने हो भने नेपालमा चीनसमेत आउने निश्चित भयो । त्यसैले हट्नुपर्यो ’ भनेर कुटनीतिक पहल तीव्र पार्यो । उता चीनसंग ’ चीनलाई नेपाली भूमि प्रयोग गर्न दिन सकिन्न तर भारतीय सेना फिर्ता गर्छौ ’ भन्यो । त्यसबाट चिनियाँ पक्ष पनि खुशी भयो । भारत९चीन युद्द र त्यसबाट उत्पन्न संकटलाई नेपालले आफ्नो हितमा प्रयोग गरेको थियो । आजको विश्वशक्ति राष्ट्रहरुको टक्करबाट डराउने भन्दा फाईदा लिने शासक र चिन्तनको समस्या आज खट्किएको छ ।

                चीनको डरले नेपालबाट फर्किएको भारत नेपालमा फेरी पनि फर्किन चाहन्छ । अमेरिकाका संरक्षित देशहरु जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशमा अमेरिकी सैन्य अखडा र नियन्त्रण छ । नेपालमा भारतले त्यहि चाहन्छ । नेपालमा आएर पनि फिर्ता हुन परेकोमा भारतले आफ्नो असफलता सम्झेको देखिन्छ । त्यसैले कुनै न कुनै बहानामा नेपालमा पुन ः फर्कन चाहन्छ । त्यसैले भारतीय संस्थापन निकट संचारमा नेकपा माओवादीलाई आईएस निकट भनेर प्रचार गरिन्छ र त्यसको हौवा खडा गरिन्छ । कहिले कोशी बाँधमा आतंककारी हमला हुने सूचना सार्वजनिक गरिन्छ । कहिले सुरक्षाको नाममा नेपालको हवाई अड्डामा भारतीय सैन्य कमान्डो राख्न दवाव दिइन्छ । त्यसबाट प्रष्ट हुन्छ भारत नेपालमा अंशअंशमा प्रवेश गरेर क्रमशः देशव्यापी फैलन चाहन्छ । त्यसकारण भारतले ’आफै धामी, आफै बोक्सी ’ भनेझैं कुनै बिढंगो गरेर त्यसको दोष नेपाललाई लगाएर आफ्नो सेना हुल्ने अन्यथा नाकावन्दीको डण्डा बर्साउने गर्न सक्छ । उसले जहाज अपहरण गर्न नक्कली आतंककारी पठाउन सक्छ । कोशी वा गण्डक बाँधमा बम हानेर प्रचारबाजी गर्न सक्छ । नरेन्द्र मोदी त्यसैपनि अपराधिक पृष्ठभूमी भएका नेता हुन् ।

ओलीको राजिनामासंगै भारतले कोशी बाँधमा आईएसको मनगढन्ते कथा बुनेर सुरक्षाका नाममा भारतीय सेना नेपालमा तैनाथ गर्ने योजना बुनेको छ । भारत आफै नक्कली आईएस भनेर कोशी बाँधलाई ध्वस्त नपार्ला भन्न सकिन्न ।।।।।। कोशीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा राखिएको जासुसी कार्यालय भारतले अहिलेसम्म हटाएको छैन ।

डा। ऋषिराज बराल, अन्नपूर्ण पोष्ट ,१३ साउन

मोदी त्यसता आपराधिक मानसिकता भएका मान्छे हुन् जसले आफ्नै देशमा चामल भन्दा बन्दुक धेरै बाँडेका छन् । अपरेशन ग्रिनहन्टमा त्यसै गरिएको छ । तसर्थ भारतद्वारा नेपालमा चलाईएका हल्लाहरु नेपालीको नाडी छाम्ने, प्रतिक्रियाको स्तरमापन गर्ने र उसको सेना हुल्ने आशयले भएका छन् । विप्लव नेतृत्वको माओवादीले भारतीय हस्तक्षेपका विरुद्द कडा प्रतिरोध गरिरहेका कारण उसले माओवादीलाई कहिले चीनसंग त कहिले आईएससंग जोडेर दमन गर्ने नेपालका आफ्ना नयाँ दलालहरुलाई दबाव दिइरहेको छ । नेपालका सबै देशभक्त्तहरु जो जहाँ भएपनि मोर्चाबन्दी गर्नुपर्छ र देशभक्त धाराको रक्षा गर्नुपर्छ ।

अनिल शर्मा , २०७३ साउन १५

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :