वास्तविक भारतको खोक्रो चित्र

(जनता दल युनाइटेडका सांसद केसी त्यागीको माथिल्लो सदनमा वक्तव्य । शीर्षक हामीले दिएका हौँ

उपसभापति महोदय,

हामी आर्थिक सुधारका २५ वर्ष मनाउन गइरहेका छौँ । पत्रिकाहरूमा ठूलाठूला प्रचार आइरहेका छन् । हाम्रो दायाँपट्टि रहेका नयाँ मित्रहरूले त नेहरूका नीतिहरूलाई धेरै अघि छोडिसक्नुभएको छ । उनको स्थान अब मोन्टेक महोदयले लिएका छन् । हाम्रो बायाँतिर कलराज मिश्र, बौद्धिक पनगिद्या र सुब्रमण्यम प्रभात झा सामेल छन् ।

महोदय,

म यहाँहरूलाई २४ जुलाई १९९१ मा मनमोहन सिंहले भन्नुभएका दुईवटा पङ्क्ति वाचन गर्न चाहन्छु । ‘दुनियाँको कुनै शक्तिले पनि त्यस विचारलाई रोक्न सक्दैन, जसको समय आएको छ ।’ त्यो अनिवार्य आउने कुरा आर्थिक पुनर्संरचना हो । त्यो के हो ? बजारको भूमिकालाई सर्वोपरि स्थानमा राख्नु, निजी क्षेत्र, व्यक्तिगत सम्पत्तिलाई प्रोत्साहित गर्नु, उदारीकरण, निजीकरण र भूमण्डलीकरणलाई प्रोत्साहित गर्नु हो । महोदय, त्यो अभ्यास थेचर र रेगनले क्रमशः बेलायत र अमेरिकामा गरेका थिए । म एकपटक फेरि मनमोहन सिंहको भनाइ पेस गर्न चाहन्छु– नयाँ भारत बनाउनका लागि नेहरूको पानीआन्द्रे प्रतिबद्धता छोड्नुपर्छ । म यहाँहरूलाई माननीय यशवन्त सिंहको अर्को भनाइ पनि सुनाउन चाहन्छु– केन्द्रीय नियोजनमाथिका हाम्रो प्रतिबद्धता ठूलो गल्ती थियो ।

महोदय,

यिनीहरू र उनीहरूको आर्थिक नीतिमा मैले कुनै भिन्नता देखेको छैन । युरोप र अमेरिकामा ती नीतिहरू अवलम्बन गर्दा कस्तो परिणाम आएको थियो ? त्यस विषयमा म मेरा मित्र जेटलीज्यूलाई के जानकारी गराउन चाहन्छु भने सन् २००७ र सन् २००८ मा युरोप र अमेरिकामा ठूलो मन्दी आएको थियो । जसले अमेरिका र युरोपको समाज व्यवस्थालाई थङ्थिलो पारेको थियो । हाम्रा सक्षम पिताका सक्षम पुत्र यशवन्त सिंह मन्त्री हुनुहुन्छ । उहाँलाई थाहा छ, उहाँ त्यहाँ अध्ययन गरेर पनि आउनुभएको छ । त्यहाँ त्यसबेला बैङ्कहरू टाट पल्टिएका थिए । जेपी मोर्गनलाई बैङ्क होल्डिङ कम्पनी बनाएर सरकारका सामु आत्मसमर्पण गर्नुपरेको थियो । जसमाथि धेरैको ठूलो भरोसा थियो । युरोपको हविगत त झनै नाजुक थियो । मिश्र, आइसल्यान्ड, पोर्चुगल, स्पेन सबै मन्दी र बेरोजगारको सिकार भएका थिए । बेलायतले रेल सेवालाई राष्ट्रियकरण गर्नुप¥यो । हाम्रा सुरेश प्रभुज्यूले यहाँ रेल सेवालाई निजीकरण गर्न लाग्नुभएको छ । हाम्रा सारा दूरसञ्चार सेवा घाटामा गएका छन् । ती सारालाई निजीकरण गर्नुपरेको छ ।

महोदय,

न्युजिल्यान्डमा कतिपय संस्थाहरूलाई दोस्रोपटक फेरि राष्ट्रियकरण गर्नुप¥यो । रेल सेवालाई पनि राष्ट्रियकरण गर्नुप¥यो । अमेरिकामा ….. जब हामीकहाँ सामाजिक क्षेत्रको कुरा चल्छ, नयाँ आर्थिक नीतिका ठेकेदारहरू नाकमुख खुम्च्याउँछन् । तर त्यहीँ स्वास्थ्य क्षेत्रलाई निजीकरण गर्न रोक लगाइएको छ । बेलायतमा रेल सेवा राष्ट्रियकरण गरियो । दूरसञ्चारलाई त्यसै गरियो । ती सार्वजनिक स्वामित्वमा आए । न्युजिल्यान्डमा र अमेरिकामा त्यसै गरियो । यो तपाईंको आदर्श समाज युरोप र अमेरिकाको अवस्थाको चित्र हो ।images

महोदय,

दुवै सरकारहरूको सुधार कार्यक्रमपछि पाँच–६, शब्दहरू प्रचलित हुन थालेका छन्– चम्किरहेको भारत, चमकदार, भारत, भारत एउटा उदीयमान शक्ति, चढिरहेको भारत, भारत भूमण्डलीकृत शक्ति, भारत सर्वोपरि । सन् २००४ मा म पनि एनडएीका तर्फबाट ‘फिल गुड इन्डिया’ को उम्मेदवार भएर मेरह गएको थिएँ र पराजित भएर फर्केको थिएँ ।

महोदय,

यतिबेला भारतको वास्तविक स्थिति सहारा मरुभूमिका बसिन्दाको भन्दा पनि दयनीय छ । यद्यपि चम्किरहेको भारत अलग्गै छ । २० करोड भारतीयको अवस्था सहारा मरुभूमिका बासिन्दाको भन्दा दयनीय छ । भारतका ४५ प्रतिशत बच्चाहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा कम तौलका छन् । ८० प्रतिशत भारतीय बच्चाहरू कुपोषणको सिकार भएका छन् । यद्यपि यी एनपीएहरूका बच्चा होइनन् । यस्तो भन्नुपरेकोमा म क्षमा चाहन्छु । ८० प्रतिशत बच्चाहरू रक्तअल्पताको सिकार भएका छन् । म फेरि भन्छु यी बच्चाहरू सरकारी पार्टीका नेताका बच्चाहरू होइनन् । चम्किला सामान तपाईंको, निजी विद्यालय, निजी क्याम्पस, विश्वविद्यालय, निजी अस्पताल, एनसीआरका अस्पताल र मुम्बईका अस्पताल, नर्सिङ होम, नयाँ पाँचतारे होटेल यत्ति नै चम्किलो भारत होइन भनेर अर्जुनसेन गुप्ताको प्रतिवेदनमा भनिएको थियो ।

महोदय,

बेरोजगारी २० प्रतिशतभन्दा बढिरहेको छ । त्यो त सरकारी आँकडा हो । जसलाई अस्वीकार गर्न सकिन्न । ९६ करोड भारतीय नागरिकले दैनिक २० रूपैयाँभन्दा कमले दैनिक जीवन टार्छन् । जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि छन् । म राजनीतिक कार्यक्रमका सिलसिलामा पटकपटक जेल गएको छु । भारतका एक तिहाइ नागरिकहरू जेल नियमावलीको मापदण्डभन्दा पनि अस्वस्थकर खाना खाएर बाँचेका छन् ।

महोदय, 

अब म कृषि क्षेत्रका विषयमा प्रवेश गर्न चाहन्छु । विडम्बना ! हामी गाउँमा किसानका घरमा जन्मियौँ । हाम्रा अकाली दलका मित्रहरू पनि गाउँमा गएपछि उनीहरूजस्तै भएका छन् । महोदय, गमलामा खेती गर्नेहरूले हामीलाई कृषि उत्पादनको उपदेश दिइरहेका छन् । के योभन्दा ठूलो दुर्भाग्य अरू केही हुनसक्छ ? म तपाईंको माध्यमबाट अकाली दलका मित्रहरूसँग भन्न चाहन्छु, चुनाव नजिकै आएको छ । कमसेकम यसबेला त सतर्क हुनुहोस् । गएका दिनमा सरकारी कर्मचारीको तलब १५० देखि १६५ प्रतिशतसम्म बढेको छ । शैक्षिक क्षेत्रको त १५० देखि १७० प्रतिशतसम्म बढेको छ । सबै शिक्षकहरूको तलब २८० देखी ३२० सम्म बढेको छ । सिन्हाज्यू सातौँ वित्त आयोगपछि एकजना चौथो श्रेणीको कर्मचारीको १८ हजार प्रतिमहिना तलब हुन्छ । तर त्यही स्थितिमा किसानले उसको पैदावारमा कति पाउँछ ? त्यही फरक स्थिति नै कृषि सङ्कटको कारण हो । जटियाज्यू, म एउटा मूल्य तालिका सुनाउन चाहन्छु । सन् १९७० मा गहुँको प्रतिक्विन्टल मूल्य ७६ रूपैयाँ थियो । म चाहन्छु सदनका सबै सदस्यले के थाहा पाऊन् भने आज गहुँको मूल्य १४५० मात्र भएको छ । अथवा गहुँको मूल्य ४५ वर्षमा १९ गुणाले बढेको छ । गैर कृषि क्षेत्रमा भने ३०० गुणाभन्दा बढी मूल्य बढेको छ । महोदय, मेरो भनाइ के हो भने गहुँको मूल्य पनि सय गुणा बढाउनुपर्छ । त्यसो गर्दा गहुँ प्रतिक्विन्टल ७,६०० रूपैयाँ हुनेछ । गैरकृषि क्षेत्रमा त्यति धेरै मूल्य बढाउन सकिन्छ भने कृषि क्षेत्रमा किन सकिन्न ? त्यसैले म तपाईंमार्फत सदनमा दायाँ बस्ने, बायाँ बस्ने वा बीचमा बस्ने सबै ९९ प्रतिशत सहमत हुनेछन् । महोदय, यसको समाधान के हो ? डा. मनमोहन सिंहले परिवर्तनको समय आइसकेको बताउनुभएको थियो । मेरो के निवेदन छ भने २५ वर्षदेखि हामीले नेहरू नमुना छोड्यौँ, दीनदयालको अन्तिम उदय छोड्यौँ । के त्यसपछि हामीले सुनौली, चहकिलो भारत दियौँ कि दिन सकेनौँ । सुनौली भारत बनायौँ भन्ने हो भने मेरो भन्नु केही छैन । भर्खरै नरेश महोदयले ठिकै भन्नुभएको थियो । हामीले जीएसटीलाई सहयोग गरेका थियौँ । हामी एफडीआईमा ४९ प्रतिशतका विरुद्ध थियौँ ।

तपाईंले असजिलो नमान्नुहोला, तपाईंले एलआईसी ल्याउनुभएन । हामी त्यसका पक्षमा थिएनौँ यद्यपि हामीले सहयोग गरेका थियौँ । दुई दिनपछि संसद् स्थगित हुनेछ र भनिनेछ– प्रतिपक्षीहरू देशको प्रगतिका बाधक छन् । तपाईंको हृदय नै दूषित छ, हामी बाधक होइनौँ । तपाईं अरू केही पेस गर्नुस् हाम्रो सहयोग रहनेछ । तर तपाईंहरूको यो यात्रा पण्डित दीनदयालज्यूको यात्रा होइन । उनीहरूले अपनाएको यात्रा पण्डित जवाहरलाल नेहरूको यात्रा पनि होइन । यो बाटो रेगनको हो, थेचरको हो, जसका कारण रुस, अमेरिकाको दुर्दशा भयो । युरोपमा मन्दी आयो । युरोपको आर्थिक सङ्कटका कारण कतिपय देशका सरकारहरू पतन भए । महोदय, यो कुरा तपाईंको जानकारीका लागि पनि महत्वपूर्ण छ किनकि यो कुरा तपाईंसँग पनि जोडिएको छ । यो देशमा पूजापाठका लागि २५ लाख स्थल छन् । मरो घर सनातनी हिन्दुको घर हो । कतिपय मान्छेहरू आर्य समाजी छन् । म उनीहरूको विरोधी होइन तर यहाँ पन्ध्र लाख विद्यालय पनि छन् । पूजा गर्ने स्थान २५ लाख भएको देशमा १५ लाख मात्र विद्यालय रहेका छन् । मैले विवेकानन्दज्यूलाई बुझेको छु । उहाँले भन्नुभएको थियो, “यो विदेशी भेष छोडेर आदिवासी बस्तीमा जाऊ र त्यहाँका बच्चाहरूलाई पढाऊ, त्योभन्दा ठूलो धर्म केही छैन ।” तर हामी उहाँको अनुसरण गर्दैनौँ । हामीसँग पूजा–अर्चनास्थल २५ लाख, अस्पताल ७५ हजार र विद्यालय १५ लाख छन् ।

महोदय,

आजभोलि मालदार थोकबजार मौलाएको छ । होटेलमा योयो परिकारमा यति छूट छ भनेर लेखिएको हुन्छ । जसमा आधा प्रतिशत तीर्थस्थलका विषयमा हुन्छन् । म यो तथ्य राख्न चाहन्छु सन् २०१० मा भारतमा ३० लाख गैससहरू कार्यरत थिए । यसको अर्थ हरेक ४०० नागरिकको टाउकामा एउटा गैरसरकारी संस्था उभिएको थियो । त्यसको परिणाम जनताको लुटपाटबाहेक अरू केही भएन । महोदय, म तपाईंसँग अनुरोध गर्न चाहन्छु, अब त्यो समय आइसकेको छ । म हाम्रा नयाँ भाइचारा काङ्ग्रेस पार्टीका मित्रहरूसँग पनि भन्न चाहन्छु तपाईंले थोरै हाम्रा कुरा पनि सुन्ने गर्नुस् ।

पण्डित जवाहरलाल नेहरूका नीतिहरूको बाटोमा हिँडेर तपाईं यहाँसम्म आउनुभएको थियो । इन्दिराज्यूले राष्ट्रियकरण गर्नुभएको थियो । गएको सरकारमा वामपन्थीहरू नभएको भए यूपीए सरकार गिर्ने थियो । अन्यथा भारतको अवस्था अमेरिकाको जस्तो हुने थियो । जसको कारण बैङ्कहरूको राष्ट्रियकरण गरिएन । त्यही कारणले एलआईसीको राष्ट्रियकरण गरिएन । बचेखुचेका कामहरू यिनै वामपन्थीहरूले तपाईंमार्फत गराए । त्यसैले तपाईंको नयाँ आर्थिक नीति अनुत्पादक भैसकेको छ । म ती मान्छेहरूप्रति सहमत छैन ।

महोदय,

पुँजीवादको पनि विकासको अवधि हुन्छ । त्यसको विकासको मूल्यबोध हुन्छ । जब पुँजीवादको आगमन हुन्छ, समाजको कतिपय क्षेत्रमा महत्वपूर्ण कामहरू हुन्छन् । तर भारतमा पुँजीवाद आएन । त्यसको विकृत रूप प्रकट भयो । जसको कारणले भारतमा असमानताको चाङ लागेको छ । ….. डा. मनमोहनसिंहको पालामा कुल ग्राहस्थ्य उत्पादन ९न्म्ए० अधिकतम ९.३ प्रतिशत थियो । म मेरा मित्रहरूसँग गुनासो गर्न चाहन्छु– त्यसै समयमा भारतमा असमानता सबैभन्दा बढी थियो । १२५ जिल्लामा नक्सालवादीहरू तपाईंको खोजीमा दौडिरहेका छन् । सिन्हा महोदय, जहाँबाट सदनमा आउनुहुन्छ, त्यही राति ८ बजेपछि उनीहरूको शासन चल्न थाल्छ । तपाईं कृपया त्यस्तो नगर्नुस् । गरिब र धनीहरूका बीचमा दूरी हाम्रा आर्थिक नीतिहरूका कारण बढ्दछ । गरिबहरू केही समय भोकमरीका कारण मर्न सक्छन् तर कुनै दिन भोक र हतियारमध्ये एउटा रोज्नुप¥यो भने मान्छेले त्यसबेला हतियार रोज्न सक्छ । इतिहासमा त्यस्तो अवसर हाम्रो देशमा आएको छ । कयौँ देशमा आएको थियो । त्यसैले आर्थिक नीतिका विषयमा एकपटक बसेर गम्भीरतापूर्वक छलफल गर्न आवश्यक छ । ममा काङ्ग्रेसी मित्रहरूप्रति कुनै नकारात्मक सोचाइ छैन । त्यसैगरी तपाईंहरूप्रति पनि छैन । कमलराजज्यू हाम्रा पुराना मित्र हुनुहुन्छ तर उहाँले पनि बिर्सनुभएको छ । ….. कमलराजज्यू तपाईं त सातपटक सांसद भैसक्नुभएको छ । तर नयाँ आर्थिक नीतिहरूमा पनगढिया, सुब्रमण्यम थाहा छैन कोको आए, तपाईं उनीहरूबाटै प्रभावित भएर हिँडिरहनुभएको छ । त्यसैले अब त्यो समय आइसकेको छ, त्यसमाथि नयाँ तरिकाले विचार गरौँ । २५ वर्षपहिले नयाँ आर्थिक नीति अनुसरण गर्ने समय आएको थियो । म यो भन्न चाहन्छु– अब त्यसबाट पछाडि फर्कने ९च्झयखभ० समय आएको छ ।

स्रोत समकालीन तीसरी दुनियाँ,

जुन २०१६

अनुवाद ः अनिल

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :