नेपाल–भारत सम्बन्ध र युद्धको संकेत

भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपालको भ्रमणमा रहेको समय पारी भारतीय जनता पार्टीबाट विधानसभामा प्रतिनिधित्व गर्ने एकजना सदस्य कृति आजादले नेपालको भू–भाग भारतलाई फिर्ता गर्नुपर्ने तर्क गरेका छन् । नेपाली सञ्चारमाध्यममा प्रकाशित भएअनुसार उनले सामाजिक संजादमा ट्वीट गर्दै भनेका थिए, “आदरणीय नरेन्द्र मोदीजी, जनकपुर धाम मिथिलामे आपका स्वागत है । दो सौ साल पहले अंग्रेज और नेपालीका बिच हुई सन्धी जीसमे मिथिलाके भागका नेपालका दियागया समाप्त हो गया है । अनुरोध है यिसे वापस ले और, माँ सीताका आदर करते हुए मिथिला राज्यका गठन करें ।” (अर्थात्¬ आदरणीय नरेन्द्र मोदीज्यू, जनकपुरधाम मिथिलामा तपाईंंलाई स्वागत छ । दुई सय वर्षअघि अंग्रेज र नेपालबीच भएको सन्धि जसमा मिथिलको भाग नेपाललाई दिइएको थियो, समाप्त भइसकेको छ । अनुरोध छ, यसलाई फिर्ता लिइयोस् र आमा सीतालाई आदर गर्दै मिथिला राज्यको गठन गरियोस्) । यो तर्क केवल सामान्य जनस्तरको होइन, यो भारतीय शासकवर्गमा भैरहने बहसको निचोड हो भत्रे बुझ्न केही गाह्रो छैन । भारतीय शासकवर्गको यौटा हिस्सामा नेपालको भू–भाग भारतमा मिलाउने प्रयात्न भइरहेको छ भत्रे प्रष्ट हुन्छ ।

भारतीय सांसद् कृति आजादको यो भाषामा सामान्यतया स्टयान्डर्ड हिन्दी भाषाको मापनमा भाषिक त्रुटिजस्तो देखिन्छ । उनले भनेका छन्, उनले भनेका छन् “जनकपुर धाम मिथिलामा तपाईंलाई स्वागत छ” । यो कुरा नेपालको विद्यमान संघीय संसद् या प्रदेश संसद्को कुनै पनि मन्त्री या या सांसद्ले या मोदीको अभिनन्दन गर्ने हैसियत राख्ने कुनै पनि नागरिकले प्रयोग गरेको भए भाषिक शुद्धता हुन्थ्यो । जनकपुरधाममा बसेर स्वागत गरेजस्तो गरी भारतबाट तपाईंलाई जनकपुरधाममा स्वागत छ भत्रु भाषिक समस्या देखापर्छ । यही कारण यो गम्भीर समस्या हो कि भारतमा बसेर नेपाको भूमिमा स्वागत गर्नु नेपालको भू–भागलाई भारतको भत्रे मनोविज्ञान बनाउनु हो । नेपालको भू–भागलाई भारतमा मिलाउने प्रपञ्च गर्नु हो ।

नेपाललाई भारतमा मिलाउनुपर्छ भत्रे चाहना भारतीय शासकवर्गको धेरै पहिलेदेखि रहँदै आएको थियो । “मिसन रअ” भत्रे पुस्तकमा आरके यादवले उल्लेख गरेका छन्, तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७० को दशकमा नेपाललाई भारतमा मिलाउनका लागि पूर्ण तयारी गरेकी थिइन् । उनले त्यसअनुसार काम गर्नका लागि रिसर्च एन्ड एनार्लासीस वीङ “रअ” लाई जिम्मा दिएकी थिइन् । यसप्रकारको तयारी सिक्किमलाई भारतमा विलय गरेदेखि युद्धको गर्नेसम्मको हुन सक्थ्यो ।

इन्दिरा गान्धीको त्यतिबेलाको चुनावमा पराजय भोग्नुपरेको कारण र भारत आन्तरिक राजनीतिक किचलोमा फसेको कारण त्यो मिसन अगाडि बढेन तर भारतीय शासकहरूमा नेपाललाई हडप्ने नीति निरन्तर छ भत्रे कुरा भारतका विगत ७० वर्षदेखिका व्यवहारले देखाउँदै आएको छ र बिजेपी सांसद् कृति आजादको अभिव्यक्तिले त्यसलाई थप पुष्टि गरेको स्पष्ट हुन्छ ।

नेपाल–भारत सम्बन्ध जति सजिलो देखिन्छ, त्योभन्दा धेरै जटिल यसको वास्तविकता रहँदै आएको छ । यसबारे भारतीय पक्षले व्याख्या र व्यवहार फरक गर्दै आएको छ । सम्बन्धबारे व्याख्यामा भाषा, संस्कृति, जाति, परम्परालाई आधार बनाउँदै आएको छ । व्यवहारमा साम्राज्यवादी, विस्तारवादी, हैकमवादी नीति अपनाउँदै आएको छ । भारतले नेपाल–भारत सीमाक्षेत्रमा करिब ७१ स्थानमा सीमा मिचेको छ, लिम्पियाधुरा कालापानीमा अनधीकृत किसिमले सैनिक ब्यारेक स्थापित गरेको छ, नेपालका नदीनालाहरू र प्राकृतिक श्रोतको दोहन गरेको छ, आर्थिक उत्पीडन गरको छ, नेपालको औद्योगिकीकरणको प्रक्रियालाई बन्ध्याकरण गरेको छ, नेपालको सुरक्षा संयन्त्रलाई पंगु बनाउँदै आएको छ, नेपालको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई कठपुतली बनाउँदै आएको छ । औपचारिक रूपमा नेपाल यौटा स्वाधीन सार्वभौमसत्ता सम्पत्र देश भए पनि व्यवहारमा भारतको गुलाम, औपनिवेसजस्तो बनाएको छ ।

परम्परादेखि भारत र नेपालका बीच तमाम समानता भने पनि त्यसप्रकारको समानता देखिंदैन । भौगोलिक बनावट, हावापानी र त्यसअनुसार विकास हुने उत्पादन सम्बन्धको कारण यहाँको मानिसमा पैदा हुने मनोविज्ञानले भारतका शासकहरूको विलासिता र अन्तर–सम्बन्ध एक प्रकारले विकास हुँदै गयो । पछिल्लो समयमा इस्ट इन्डिया कम्पनीको नाममा प्रवेश गरेको अंग्रेज साम्राज्यवादले भारतीय राज्यहरूलाई टुक्रा–टुक्रा गरी स्वतन्त्र भारतीयहरूलाई खाने काम गरे र शदियौँसम्म त्यसको शोषण उत्पीडन गरे ।

त्यो समयमा नेपाल यस्तो प्रगतिशील स्वाधीन र आत्मसम्मान बचाउन सफल देश रह्यो जसले आन्तरिक रूपमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा बाईसी चौबीसी राज्यहरूलाई एकताबद्ध गरे र अंग्रेजहरूलाई नेपाल प्रवेश गर्न दिएनन् । नेपालको इतिहासमा छरिएका देशहरूलाई एकताबद्ध गर्नु यौटा विशाल राजनीतिक क्रान्ति थियो । त्यो क्रान्तिको नेतृत्व पृथ्वीनारायण शाहले गरेका थिए । भारतले पनि त्यसप्रकारको नेतृत्वको माग गरिरहेको प्रतीत हुन्छ, जसले सिंगो भारतलाई एकताबद्ध गरोस् । अंगेजले एकताबद्ध गरिदिने भारत भारतीय नेताबाट एकताबद्ध हुन चाहन्थ्यो र त्यो कुनै दुरदर्शी वीर र साहसी राजा या नेतृत्वबाट मात्र सम्भव हुन्थ्यो । भारतीय इतिहासलाई हेर्ने हो भने सिंगो भारतलाई एकताबद्ध गर्ने र यौटा राजनीतिक क्रान्ति पूरा गर्ने पौराणिक राजा भरतबाहेक कुनै नेता जन्मिएनन् । अंग्रेजको प्रवेश हुनुपूर्व दर्जनांै राज्यहरूमा विभाजित भारतलाई एकताबद्ध गर्ने पहलकदमी निश्चित रूपमा सबै राजाहरूबाट सम्भव हुँदैनथ्यो तर यसरी विभाजित रहेको भारतलाई राजनीतिक रूपमा एकताबद्ध गर्ने, जनताको मनोविज्ञानलाई एकताबद्ध गर्दै आर्थिक समृद्धिमा लैजाने राजनीतिक नेतृत्व पनि विकास भएन । राजनीतिक विकासको स्थान यदाकदा धार्मिक अन्धविश्वास, जंगली चेतना, पराश्रित मनोविज्ञानले लिन पुग्यो । सामन्ती विलासिता, धार्मिक अन्धविश्वास, पराधीन चेतनाको कारण त्यतिबेलाका भारतमा रहेका राजा–महाराजाहरूले अंग्रेजको चालबाजी बुझ्न सकेनन् र उनीहरूले अंग्रेजको सहयोगमा आफू सम्पत्र बत्रे, अरू राजाहरूभन्दा शक्तिशाली हुने र अन्य राजाहरूलाई दमन गर्ने सोचाइमा रहे । आफूलाई नपर्दासम्म आन्तरिक समस्या समाधान गर्न उनीहरू तयार भएनन् ।

भारतीय राजाहरूको मनोविज्ञानको उल्टो, भारतबाट अंग्रेज धपाउने र भारतीय जनतालाई स्वाधीन बनाउन मद्दत गर्ने योजना नेपाली जनता र राजाहरूमा भएको ऐतिहासिक तथ्य पाइन्छ । सन् १९१२ तिर नेपालका राजा राजेन्द्रविक्रम शाहको समयमा मुक्तियार भीमसेन थापाले तत्कालीन छिमेकी राज्य पञ्जाबका राजा रञ्जित सिंहसँग सम्झौता गरी अंग्रेजका विरुद्ध लड्ने योजना बनाएका थिए । त्यो योजना सफल हुन्थ्यो भने भारतबाट अंग्रेज भागाउन सम्भव हुन्थ्यो र भारतीय नेतृत्वमा नै भारतको एकता भएको मात्र सकिन्थ्यो तर पञ्जाबको राजाले नेपाली राजाप्रति गरेको आशंका र अविश्वासको कारण उनी त्यो सहमतिबाट पछि हटे र अन्तत अंग्रेजको पोल्टामा पुगे । जब अंग्रेजले पञ्जाबलाई अधिनस्त ग¥यो र त्यहाँको राजतन्त्रलाई ध्वस्त बनायो, त्यहाँकी रानी भागेर नेपालमा शरण लिइन् । नेपालमा शरण लिएकी रानीकोे सम्पूर्ण जीवन नेपालमा अन्त्य बित्यो ।

नेपालले अंग्रेजलाई नेपाल प्रवेश गर्न दिइएन । र यहीक्रममा सन् १८१५ को नालापानी युद्धमा नेपालले पछाडि हट्नुपरेपछि १८१६ को सुगौली सन्धिमा हस्ताक्षर गर्नुप¥यो । यो सन्धिले नेपालको ठूलो भू–भाग अहिले भारतमा गाभिएको छ । भारतबाट अंग्रेजहरू सन् १९४९ मा फिर्ता भएपछि नेपालको भूमि वैधानिक रूपमा नेपाललाई फिर्ता गरिएको छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिको यौटा धारामा यो सन्धि गर्नुपूर्वका सबै सन्धि सम्झौताहरू खारेज भएको उल्लेख गरिएको छ । त्यसअनुसार १८१६ को सुगौली सन्धि खारेज भएको र सो सन्धिअनुसार पूर्वमा सिक्किमको सिमाना र टिस्टापारि, पश्चिममा काँगडा नदी तथा जम्मुको सिमाना, दक्षिणमा गोरखपुरदेखि लखनउ हुँदै पानीपत र पञ्जाबको सिमानासम्मको जमिन नेपालाई फिर्ता भएको स्पष्ट हुन्छ तर भारतले यो तथ्य कहिल्यै पनि स्वीकार गरेको छैन ।

इतिहासमा हेर्दा नेपाल र भारतका बीचको युद्धको सम्भावना रहँदै आएको भए पनि नेपालमा भारत कहिल्यै पनि प्रवेश गरेको छैन, न नेपाल पनि भारतमा प्रवेश गरेको पाइँदैन । भारतीय विज्ञ चाणक्यले पातालीपुत्र राज्यमा राजाको निकम्मा पन भइरहने हो भने नेपालले आक्रमण गर्न सक्ने र त्यो आक्रमण राज्यले थेग्न नसक्ने प्रसङ्ग उल्लेख गरेका छन् । त्यतिबेलै नेपाल राज्यको सिमाना पातालीपुत्र राज्यसँग जोडिएको प्रसङ्ग पाइन्छ । महाभारतमा राजा भरतले सन्तनुलाई राज्याभिषेक गराउँदा भारतवर्ष भत्राले हिमाल शृखंलादेखि कन्याकुमारीसम्म भएको प्रसङ्ग उल्लेख छ तर भारतमै सयांै राजा–रजौटाहरू रहेको र नेपाल त्यतिबेलै पनि ब्रह्मा, बिष्णु, महेश्वरहरूको बसोबास रहेको देवभूमि–तपोभूमिको रूपमा स्वाधीन, स्वतन्त्र र समृद्ध स्वर्गको रूपमा चित्रित भएको पाइन्छ । नेपालका ब्रह्मा, बिष्णु महेश्वर (शिव) बाट पाण्डव–कौरवयुद्धमा न्यायको पक्षमा पाण्डव र कृष्णलाई सहयोग गरेको पाइन्छ । यसरी नेपाली सभ्यताले गंगाभन्दा उत्तरको मैदानदेखि हिमाल शृंखला र जम्मु कास्मिरदेखि पूर्वको भू–भागमा अहिलेको थाइल्यान्ड र बर्मादेखि पश्चिमको सिञ्चन गरेको पाइन्छ । यो ऐतिहासिक मनोविज्ञानले नेपाल र भारतको सम्बन्ध भारतीय विज्ञहरूले चित्रित गरेजस्तो “नरम स्वभाव” भएको पाइन्छ ।


तर जसरी राजा भरत र सन्तनुको राज्य सयांै रजौटाहरूमा विभाजित थियो । नेपालको देवभूमि तपोभूमि पनि सयौं राज्यहरूमा विभाजित भयो । विश्वमा पुँजीवादको उदय र अंग्रेजको भारत आगमनले नेपाल र भारत दुवैलाई एकताबद्ध गर्ने प्रक्रियामा लग्यो । नेपाल नेपालीको नेतृत्वमा एकताबद्ध भयो भने भारत बेलायती साम्राज्यवादीहरूको नेतृत्वमा ।

यो इतिहासले नेपाल र भारत दुवै देशका नागरिकलाई उद्वेलित बनाइरहेको हुन्छ । यो उद्वेलनको केन्द्रमा अंग्रेजले छाडेको साम्राज्यवाद या पुँजीवाद रहेको छ, जसले भारतीय भू–भागमा जन्मने विज्ञहरूका लागि इतिहासको धरातलमा भन्दा अंग्रेजको विरासत समात्ने प्रक्रियाले घर गरेको छ । नेपालीका लागि पनि एक प्रकारको कुण्ठा, अपमान र अन्तरज्वलन पैदा भैरहेको हुन्छ । यो समस्याको समाधान या त अंग्रेजले भारत छाडेपछि भारतले नेपाललगायत तमाम स्वाधीन देशहरूको भूमि फिर्ता गर्र्नुमा हुन्थ्यो या नयाँ प्रकारको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरी सबै राष्ट्र र राष्ट्रियताको समान समृद्धि र सम्मानको बाटोमा अघि बढ्नुमा । तर, भारतमा देशभित्र सामन्तवाद तथा दलाल पुँजीवाद छ र बाहिर साम्राज्यवाद, विस्तारवाद, हैकमवादको अभ्यास गरिरहेको छ, जुुन नीतिले दुवै देशमा तनाव पैदा भएको छ ।

अंग्रेजले भारत छाडे पनि बेलायती साम्राज्यवादबाट भारत मुक्त भएन । बेलायती साम्राज्यवादले पुँजीवादी साम्राज्यवादी नीतिको निरन्तरता दिने नेतृत्व गान्धी र नेहरू परिवारमा हस्तान्तरण गरेर छाडे । जसले भारतभित्रै करोडांै जनतामाथिको शोषण उत्पीडन त गरेकै छ, भारतभन्दा बाहिर १९४६ मा अंग्रेजबाट स्वाधीन भएको स्वतन्त्र राज्य मनिपुर १९४७ पछि पुनः भारतमा गाभ्यो । त्यस्तै पूर्वका अरूणाञ्चलदेखि असाम हुँदै मेघालय र पश्चिका जम्मुकास्मिरदेखि हिमाञ्चलसम्मका राज्यहरू भारतमा गाभिए । दक्षिणमा गोवा राज्य पनि भारतमा गाभियो । यहाँका कतिपय भू–भाग नेपालका रहेका छन् भने कति स्वतन्त्र राज्यहरू छन् । भारतको समस्या साम्राज्यवादी नीति हुनु हो जसको कारण दक्षिण एसियामा तनाव पैदा भैरहेको छ र विभित्र देशका करोडांै नागरिक उत्पीडन र तनावमा परिरहेका छन् ।

पुँजीवादी साम्राज्यवादले जसरी हरेक घटना र विकासलाई व्यापार र मुनाफामा हेर्ने गर्छ, त्यसैगरी इतिहासलाई पनि आफ्नो मुनाफाको कसीमा विकृत र भ्रष्टीकृत गरेको हुन्छ । जसको परिणाम उनीहरूले इतिहासको त्यो पक्षलाई राजकीय नीतिमा अभ्यस्त बनाइरहन्छन्, जहाँ अंग्रेजहरू नेपालको मैदान पार गरी सिंधुलीगढी र बुटवलसम्म आएका थिए । तर, उनीहरू इतिहासको अर्को पाटोलाई हेर्न चाहँदैनन्, जहाँ अंग्रेजलाई नेपालीले नेपालको मैदानी भू–भागको केही भाग लखेटेका थिए र केही भाग लखेट्न बाँकी नै थियो । इतिहासको त्यही तथ्यको निरन्तरता र प्रतिबिम्ब हो कि भारतीय शासकहरू र कतिपय भारतीय विद्वान्हरूले समेत गौतम बुद्ध भारतमा जन्मिएको वकालत गर्दै आएका छन् । जनकपुरधाम मिथिला राज्य (जो नेपालको हो) को अंश भारतको भनी चित्रण गर्छन् । निश्चित रूपमा इतिहासको सच्चाइ हो कि भारतीय जनताले या कुनै भारतीय शासकले नेपालमा प्रवेश नगरेको भए पनि अंग्रेजले नेपालमा प्रवेश ग¥यो, नेपाली भूमि हडेप्यो र इतिहासको सच्चाइ यो पनि हो कि नेपालले त्यो भूमि फिर्ता गर्न जति प्रयत्न ग¥यो, पूरै भूमि प्राप्त गर्न सकेको थिएन । नेपालको तमाम भू–भाग अहिले पनि भारतमा रहेको छ ।

भारतीय सांसद कृति आजादले नेपालको भू–भाग भारतलाई फिर्ता गर्नुपर्ने जिकिर गर्नु उल्झनपूर्ण इतिहासको गाँठो अहिलेसम्म फुक्न नसक्नु परिणाम हो । यो गाँठो फुकाउनु निश्चित रूपले सहज छैन र इतिहासले यो गाँठो नफुकाई पनि छाड्नेछैन ।

साम्राज्यवादी पुँजीको विश्लेषण गर्दै लेनिनले भत्रुभएको छ, साम्राज्यवाद भनेको अन्ततः अनिवार्य युद्ध हो । साम्राज्यवादले उपनिवेश बनाएका देशहरूमा जबर्जस्ती लुटखसोट मच्चाएको हुन्छ । विकासको नाममा प्राकृतिक सम्पदा र देशलाई समेत हडप्ने या विभाजन गर्ने काम गर्छ । त्यसले जनतालाई अनिवार्य रूपमा प्रतिरोधमा उठाउँछ, जसको अनिवार्य परिणाम भनेको युद्ध हुन्छ । दोश्रो विश्वयुद्धको समापनपछि पुरानो प्रकारको उपनिवेशको अन्त्य भयो, जसको कारण साम्राज्यवादी लुटेराहरू र उनका दलाल सामन्त तथा दलाल पुँजीवादीहरू युद्धको औचित्य समाप्त भएको र आर्थिक उत्रति र कुटनीतिक विधिबाट युद्धको विस्थापन गर्ने तर्क गरिरहेका छन् । साम्राज्यवादी चलाकी र उसका दलालहरूको लाचारीका विरुद्ध माओ त्से तुङले त्यो सच्चाइलाई उजागर गर्नुभयो कि बाघ अगाडिको ढोकाबाट निस्कियो र पछाडिको झ्यालबाट चितुवा पस्यो । त्यसको तात्पर्य थियो, अगाडिको ढोकाबाट उपनिवेशवाद निस्किए पनि पछाडिको झ्यालबाट नवऔपनिवेशवादको प्रवेश भएको छ । नवऔपनिवेशवादले दलाल पुँजीवाद पैदा गर्ने र त्यसले हरेक देशमा दलालहरू पैदा गरी युद्धको अवस्थालाई टार्ने भए पनि त्यो सधैँभरि रहन सक्दैन । नवऔपनिवेशवाद पनि साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगको औपनिवेशवाद भएकोले लेनिनको विश्लेषण भित्र तरिकाले लागू भइरहेको हुन्छ । नवऔपनिवेशवाद भनेको पनि युद्ध अनिवार्य हो भत्रे तथ्य स्पष्ट हुन्छ ।

अहिले नेपाल औपचारिक रूपमा स्वतन्त्र र सार्वभौम सत्तासम्पत्र राष्ट्र रहे पनि वास्तविक रूपमा १८१६ को सुगौली सन्धिको निरन्तरतामा १९५० को शान्ति तथा मैत्री सन्धिले नवऔपनिवेशिक अवस्था कायम रहेको छ । यद्यपि नेपालको मुख्य भूमि र शासनव्यवस्था कहिल्यै पनि उपनिवेशमा रहनुपरेन, तथापि १८१६ को सुगौली सन्धिपछि नेपालको तमाम भू–भाग बेलायतशासित भारतीय उपनिवेशमा रह्यो र दोश्रो विश्वयुद्धको समापनपछि नवऔपनिवेशिक अवस्थामा । यसले नेपाली जनतालाई निरन्तर पीडित र अपहेलित बनाउँदै आयो । उता भारतको एकाधिकार पुँजीपति र दलाल पुँजीपतिवर्ग नेपालको सम्पूर्ण भू–भाग साम्राज्यवादी चरित्रअनुसार भारतमा गाभ्न चाहन्छन्; जसको समाधान भनेको नेपाल नेपाल र भारतको बीचमा युद्ध लड्नु र नेपालले सम्पूर्ण भू–भागलाई पूर्णरूपमा स्वतन्त्र बनाउनुबाहेक अर्को हुन सक्दैन ।

यो ऐतिहासिक तथ्यलाई खुला रूपमा उजागर गर्नु भारतीय एकाधिकारवादी पुँजीवादी र नेपालका उसका दलालहरूका लागि अपाच्य हुन सक्छ । जसरी बेलायती साम्राज्यवादीहरूले विश्वभरका उत्पीडित जनता र भारतीय जनताको युद्ध र कुर्बानीबाट भाग्नैपर्ने कल्पना गर्न सक्दैनथे र अंग्रेजका दलालहरूले भारतमा युद्ध लड्न र अंग्रेजबाट भारतलाई मुक्त गर्न असम्भव देख्थे, ठीक त्यसैगरी नेपालका भारतीय दलालहरू पनि भारतसँग युद्ध लड्न र भारतीय साम्राज्यवादबाट नेपालको सम्पूर्ण भू–भाग र जनतालाई मुक्त गर्न असम्भव देख्छन् । यो दलालहरूको वर्गीय विशेषता र लाचारीको उपज हो । तर, यौटा ऐतिहासिक तथ्य के हो भने भारतीय साम्राज्यवाद–विस्तारवादका विरुद्ध सशक्त संघर्ष नगरीकन, न नेपाल र भारतका जनताहरू स्वतन्त्त र मुक्त हुन सक्छन्, न नेपाल र भारतका जनताको बीचको सम्बन्धलाई वास्तविक सुमधुर र भाइचाराको सम्बन्धमा बदल्न सम्भव हुन्छ ।

भारतीय सांसद् कृति आजादको अभिव्यक्तिले नेपालका विरुद्ध भारतीय शासकको युद्धको घोषणा गरिसकेको छ, जुन साम्राज्यवादको चरित्रअनुसार नै व्यवहारमा आउने अनिवार्य नियम हो । र, त्यासबाट मुक्त हुनु भनेको अन्ततः जनताले प्रतिरोध गर्नु हो, जनतालका लागि पूर्ण मुक्ति प्राप्त गर्न युद्ध लड्नु र स्वाधीनता प्राप्त गर्नुबाहेक अर्को विकल्प हुन सक्दैन । यसप्रकारको लडाइँमा नेपाल र भारतका सबै उत्पीडित जनताको, भारतीय शासनभित्र हडेपिएका नेपाली भूमिका नेपालीहरूको र भारतबाट हडेपिएका तमाम स्वतन्त्र राष्ट्रका जनताको हातेमालो हुन आवश्यक छ । त्यसले मात्र अथवा साझा दुश्मनविरुद्धको सामूहिक प्रयत्नले मात्र नेपाल र भारतका जनताको भाइचारा, अन्तर्राष्ट्रितावादी ऐक्यबद्धता र मित्रताको गाँठोलाई मजबुत बनाउनेछ, दुई देशबीचको सुमधुर सम्बन्ध वास्तविक रूपमा विकास हुनेछ ।
२०७५ जेठ ३ गते बिहीबार अपरान्न ४ : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :