पश्चिम ताम्सालिङको कडा चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, पश्चिम ताम्सालिङ ब्युरोले ओली सरकारका दमनकारी हर्कतका विरुद्ध सशक्त प्रतिरोध गर्ने कडा चेतावनी दिएको छ । पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्– काठमाडौंको सुन्धाराको आसपासबाट धादिङ जिल्ला निवासी विनोद लुङ्गेली, पाल्तेन लामा, समीर तामाङलाई बाटोमा हिंडिरहेका बेला बिनाकारण प्रहरीद्वारा गिरफ्तार गरी हालसम्म गुमनाम पार्नुका साथै, धादिङ जिल्ला जीवनपुर घरमै घरायसी कामकाज गरिरहेकै अवस्थामा राजु विकलाई यही वैशाख ३० गते प्रहरीद्वारा गिरफ्तार गरिएको सन्दर्भमा निजको घरपरिवारसमेतले खोजीका लागि पहल गरिदिन विशेष अनुरोधसमेत भएकोले मानवअधिकारवादी सङ्घ–संस्थालाई निजहरूको अवस्था बुझिदिन तथा अभिलम्ब रिहाइको पहलका लागि माग गर्दछौँ । अन्यथा यसप्रकारको राज्यआतंक फैलाउने धृष्टता सामाजिक दलाल सरकारबाट भइरहन्छ भने त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष तीब्र पार्ने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ । यसको परिणामको भागीदार स्वयम दलाल सरकार नै हुनेछ ।

२०७५ जेठ ३ गते बिहीबार मध्यान्न १२ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :