जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जाजरकोट : अखिल (क्रान्तिकारी) जाजरकोट यतिबेला वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान लिएर जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा प्रवेश गरेको छ । सोहि अन्तर्गत आज भानुभक्त हिमालयमा बि जुनिचादे गाउँपालिका ६ मैपमा विद्यार्थीहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम नेकपा जुनिचादे गाउँपालिका इन्चार्ज सुर्यकिरण शाही, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिराजन शाही, जुनिचादे गाउँपालिका सेक्रेटरी कुलराज शाही लगायतका नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा पार्टीको धारणा वैज्ञानिक समाजवाद र हाम्रो भुमिका बिषयमा सुर्यकिरण शाही र विद्यार्थीको वर्तमान अवस्था विद्यार्थीको आगामी कार्यभारबारे बिराजन शाहीले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला सचिव तिलक बिष्टले गरेका थिए । कार्यक्रमबाट सरस्वती शाहीको अध्यक्षतामा १३ सदस्यीय मावि मुल इकाइ कमिटीसमेत गठन गरिएको छ । जसको उपाध्यक्ष बिनोद शाही, सचिव हिमाल शाही, स–सचिव पारश बुढा र कोषाध्यक्ष समीक्षा शाही चयन भएका छन् ।

जिल्लाव्यापी रुपमा सञ्चालित उक्त जागरण अभियान कार्यक्रम जुनिचाँदेका सम्पूर्ण विद्यालयमा सञ्चालन गर्ने सङ्गठनका जिल्ला इन्चार्ज बिराजन शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :