दमक : नेपाल कम्युनिस्ट पार्टी झापा अन्तर्गत दमक नगरपालिकाको नगर भेला भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा जिल्ला कार्यालय सचिव सञ्जय राईको आतिथ्यता एवम् विर्तामोड नगरपालिकाका कार्यबाहक इन्चार्ज सौगात कटुवालको उपस्थिति रहेको थियोे ।
नगर इन्चार्ज सुवासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला सचिव प्रशान्त थापाले दलाल संसदीय व्यवस्थाका विरूद्व सही नेतृत्व र सिद्धान्त बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको उल्लेख गर्दै अब सबै जनता नेकपामा समाहित हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यालय सचिव सञ्जय राईले अबको क्रान्तिमा युवाको विशेष भूमिका रहने बताउँदै दलाल पुँजीवादीहरूका विरूद्ध आम युवा, विद्यार्थी र श्रमजीवी जनता एक भएर लड्नुपर्ने बताए ।
शनिबार सम्पन्न नगर भेलाले मनाङ्गको नेतृत्वमा १९ सदस्यीय नगर कमिटी गठन गरेको छ ।