एमसीसीविरुद्ध सङ्घर्ष र प्रभाव

एमसीसीविरुद्ध सङ्घर्ष र प्रभाव

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती सन्धि–सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । पछिल्लोपटक एमसीसी परियोजनाकी उपाध्यक्ष फतिमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपाल आएपछि यसले तीव्र रूप लियो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले भदौ २३ गतेदेखि २८ गतेसम्म एमसीसी सम्झौताविरुद्ध चरणबद्ध सङ्घर्षको घोषणा गर्यो । केन्द्रीय कार्यक्रमअन्तर्गत २८ गते काठमाडौँमा एमसीसीविरुद्ध बृहत् प्रदर्शन र सभा पनि सम्पन्न भइसकेको छ ।

लेखक : खोमा तरामु मगर

अखिल नेपाल लेखक सङ्घले वक्तव्यमार्फत माक्र्सवादी स्रष्टाहरूलाई सिर्जनात्मक प्रतिरोधमा उत्रिन अपिल गर्यो । यसक्रममा कवि मुक्तान थेबालगायत साथीहरूलाई प्रहरीले पटक–पटक गिरफ्तार गर्यो । भदौ २८ गते एमसीसी सम्झौताविरुद्ध खुलामञ्चमा गरिएको विरोधसभामार्फत हाम्रो पार्टीका महासचिव विप्लवले एमसीसी परियोजनाबारे पार्टीको धारणा सार्वजनिक गरिसक्नुभएको छ ।

अमेरिकी प्रशासनले हिन्द–प्रशान्त महासागरआसपासका देशसँग सम्बन्ध विस्तार गर्न अर्थात् साउथ एसिया रणनीतिअन्तर्गत सम्पूर्ण दक्षिणपूर्व र दक्षिणएसियामा आफ्नो प्रभुत्व कायम गर्न नेपाललाई एमसीसी मान्नका लागि दबाब दिइरहेको छ । यो चीनको वरपरका देशमा आफ्ना सैनिक र हातहतियार भण्डारण गरी चीनलाई थर्काउने र घेर्ने अमेरिकी रणनीतिअन्तर्गत रहेको प्रस्ट छ । त्यही योजनाअन्तर्गत अमेरिकाले अन्तरदेशीय प्रसारण लाइनका क्षेत्रमा आर्थिक सहयोग गर्ने बहानामा एमसीसी प्रस्ताव ल्याएको छ । यो प्रस्ताव हिन्दप्रशान्त रणनीति –आईपीएस) अन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको सबैलाई विदितै छ ।

यसको उद्देश्य विश्वबजारमा चीनको प्रभावलाई रोक्ने, दक्षिणएसियामा देखिएको समाजवादी क्रान्तिको सम्भावनालाई रोक्ने र नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेको छ । यो सम्झौता संसद्ले पारित गर्यो भने नेपालका तत्क्षेत्र अमेरिकी कानुनद्वारा निर्देशित र परिचालित हुनेछन् । नेपालका नागरिक अमेरिकी कानुनबाट शासित हुनेछन् । नेपाल अमेरिकी सैन्य अखडाको क्रीडास्थल हुनेछ र देशको स्वाधीनता र सार्वभौमसत्ता खोसिनेछ । जसरी भारतमा ब्रिटिसहरूले पहिले घुमन्ते बनेर, त्यसपछि व्यापारी बनेर र अन्तिममा बन्दुक बोकेर सत्ता खोसेका थिए त्यसैगरी नेपालमा पनि अमेरिका विकासका नाममा पैसा बोकेर एमसीसी परियोजनामार्फत सेना लिएर आउने कुरा प्रस्ट रहेको छ । खुलामञ्चमा भएको विशाल सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यसलाई ‘अगाडि–अगाडि एमसीसी, पछाडि–पछाडि एम सिक्सटिन’ भन्नुभएको छ ।

साम्राज्यवादको यस्तो नीतिका विरुद्ध हामीले रूपन्देहीमा पनि लगातार सङ्घर्ष गर्दै आएका छौँ ।

रूपन्देहीमा नेकपाले गरेका सङ्घर्ष

१. स्थानीय स्तरमा तीन स्थानमा कोणसभा

एमसीसीविरुद्ध सङ्घर्षका कार्यक्रमअन्तर्गत भदौ २३ गते पहिलो दिन रूपन्देहीका ३ स्थानमा कोणसभा सम्पन्न भयो जसअन्तर्गत ओमसोतियाको जमुहानी, सैनामैनाको भाटाचौर र बुटवलको रानीगन्जमा भएको कोणसभामा स्थानीय जनताको उपस्थिति रह्यो । सैनामैनाको भाटाचौरमा भएको कोणसभालाई नगर सेक्रेटरी वर्षाले सम्बोधन गर्नुभयो भने सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला सचिव पदम पराजुलीले गर्नुभयो । ओमसोतियास्थित जमुहानीमा भएको कोणसभालाई रोहिणी र ओमसोतिया गाउँपालिका सेक्रेटरी शिशिरले सम्बोधन गर्नुभयो भने जिल्ला सदस्य जसवन्तले सञ्चालन गर्नुभयो । बुटवलको रानीगन्जमा भएको कोणसभालाई अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज रूपा बुढामगरले सञ्चालन गर्नुभयो भने बुटवल नगर सेक्रेटरी वीरेन्द्र विक र जिल्ला सदस्य खोमा तरामु मगरले सम्बोधन गर्नुभयो ।

२. शुद्धोधनको सिसैमा विरोधसभा

भदौ २५ गते शुद्धोधन गाउँपालिकाको सिसैचोकमा विरोधसभा भयो । विरोधसभालाई जिल्ला सेक्रेटरी विश्वास र कञ्चन/गैडहवा गाउँपालिकाका सेक्रेटरी नवीनले सम्बोधन गर्नुभयो भने सञ्चालन शुद्धोधन/सियारी गाउँपालिका सेक्रेटरी तथा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले गर्नुभयो ।

३. एमसीसी सम्झौतापत्र जलाउने कार्यक्रम

भदौ २६ गते बुटवलको मिलनचोकमा एमसीसी सम्झौतापत्र जलाइयो । नेकपा जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा सम्झौतापत्र जलाइएपछि जिल्ला सदस्य तथा तिलोत्तमा नगर सेक्रेटरी श्याम सेन्चुरीले सम्बोधन गर्नुभयो । सञ्चालन अखिल (क्रान्तिकारी) इन्दु वलीले गर्नुभयो ।

४. कालो बेलुनसहित सिठी जुलुस

हामीले भदौ २७ गते एमसीसीका विरुद्ध कालो बेलुनसहित सिठी जुलुस प्रदर्शन गर्यौँ । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिको नेतृत्वमा भएको जुलुस पुष्पलालपार्कबाट सुरु भएर अमरपथ, राममन्दिर लाइन हुँदै बीपीचोक पुगेर कोणसभा भयो । कोणसभालाई सम्बोधन जिल्ला सेक्रेटरी विश्वासले र सञ्चालन जिल्ला सदस्य एवम् संग्रामी सांस्कृतिक परिवारका संयोजक आत्माले गर्नुभयो । कोणसभामा संग्रामी सांस्कृतिक परिवारले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्यो ।

५. २२ दलीय मोर्चाको संयुक्त सङ्घर्ष

हाम्रो पार्टी नेकपासहित २२ दलीय मोर्चाअन्तर्गत भदौ २१ गते बुटवलमा १० राजनीतिक दल/मोर्चा/सङ्गठन सम्बद्ध संयुक्त सङ्घर्ष समिति बन्यो । मोर्चाको भदौ २१ गते बसेको संयुक्त बैठकले २२ गते बुटवल ट्राफिक चोकमा कोणसभा गर्ने निर्णय गर्यो । भदौ २१ गते संयुक्त प्रेस वक्तव्य जारी गरी संयुक्त सङ्घर्षलाई व्यवस्थित गर्ने निर्णय गर्दै एमसीसी सम्झौताविरुद्ध सङ्घर्ष गर्न र देशको सार्वभौमसत्ता एवम् राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सम्पूर्ण देशभक्त नेपालीहरूलाई एकताबद्ध हुन अपिल गर्यो । मोर्चामा हाम्रो पार्टी नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), देजमो, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, विवेकशील साझा पार्टी, राष्ट्रिय जागरण परिषद् नेपाल, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चलगायत रहेका छन् । राष्ट्रियता स्वाधीनताका पक्षमा राजनीतिक दलहरू एउटै मोर्चामा रहेर सङ्घर्ष गर्नु महत्वपूर्ण विषय रहेको छ ।

एमसीसीको उद्देश्य विश्वबजारमा चीनको प्रभावलाई रोक्ने, दक्षिणएसियामा देखिएको समाजवादी क्रान्तिको सम्भावनालाई रोक्ने र नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेको छ । यो सम्झौता संसद्ले पारित गर्यो भने नेपालका तत्क्षेत्र अमेरिकी कानुनद्वारा निर्देशित र परिचालित हुनेछन् । नेपालका नागरिक अमेरिकी कानुनबाट शासित हुनेछन् । नेपाल अमेरिकी सैन्य अखडाको क्रीडास्थल हुनेछ र देशको स्वाधीनता र सार्वभौमसत्ता खोसिनेछ । जसरी भारतमा ब्रिटिसहरूले पहिले घुमन्ते बनेर, त्यसपछि व्यापारी बनेर र अन्तिममा बन्दुक बोकेर सत्ता खोसेका थिए त्यसैगरी नेपालमा पनि अमेरिका विकासका नाममा पैसा बोकेर एमसीसी परियोजनामार्फत सेना लिएर आउने कुरा प्रस्ट रहेको छ । खुलामञ्चमा भएको विशाल सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यसलाई ‘अगाडि–अगाडि एमसीसी, पछाडि–पछाडि एम सिक्सटिन’ भन्नुभएको छ ।

६. बुटवल ट्राफिक चोकमा विरोधसभा

हामीले भदौ २२ गते भएको संयुक्त सङ्घर्षमा बुटवल पुष्पलालपार्कदेखि जुलुस सुरु गरी ट्राफिकचोकमा पुगेर कोणसभा गर्यौँ । कोणसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य भूपेन्द्र न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका खोमा तरामु मगर, नेकपा (माले) स्थायी समिति सदस्य गोपालमणि गौतम, वैज्ञानिक कम्युनिस्ट पार्टी नेपालका लक्षुराम विक, विवेकशील साझा पार्टीका किरण शर्मा पाण्डे, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, राष्ट्रिय जागरण परिषद् नेपालका चित्रबहादुर थापाले सम्बोधन गर्नुभयो । नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमको अध्यक्षता र नेकपाका खोमा तरामु मगरको सञ्चालनमा कोणसभा भयो ।

७. जेसिस चोकमा कोणसभा

हामीले २२ दलीय मोर्चाअन्तर्गत संयुक्त सङ्घर्ष समितिमार्फत भदौ २३ गते जेसिसचोकमा संयुक्त कोणसभा गर्यौँ । कोणसभालाई नेकपाका नगर सेक्रेटरी वीरेन्द्र विक, राष्ट्रिय जनमोर्चाका नारायण जीसी, नेकपा (क्रान्तिकारी माओवादी) का प्रगति राना, नेकपा मालेका गोपालमणि गौतमले सम्बोधन गर्नुभयो । कोणसभाको सञ्चालन राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले गर्नुभयो ।

८. देवीनगर चोकमा कोणसभा

हामीले संयुक्त सङ्घर्ष समितिमार्फत बुटवलको देवीनगर चोकमा कोणसभा गर्यौँ । कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य भूपेन्द्र न्यौपाने, नेकपाक वीरेन्द्र विक, राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री, राष्ट्रिय जागरण परिषद्का चित्रबहादुर थापा, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले सम्बोधन गर्नुभयो । कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का राजु भुजेलले गर्नुभयो ।

९. चौराहा, लखनचोकमा कोणसभा

संयुक्त सङ्घर्ष समितिले भदौ २५ गते बुटवलको लखनचोक चौराहमा कोणसभा गर्यो । कोणसभालाई राष्ट्रिय जनमोर्चाका बद्रे आलम, नेकपाका खोमा तरामु मगर, देशभक्त जनगणतान्त्रिक मोर्चाका आरपी शर्मा, विवेकशील साझा पार्टीका काशीराम पाण्डे, नेकपा मालेका गोपालमणि गौतम, नेकपा (माओवादी केन्द्र समाजवादी) का विनोद उपाध्याय, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका डोलराज विक, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, राष्ट्रिय जागरण परिषद् नेपालका चित्रबहादुर थापाले सम्बोधन गर्नुभयो । कोणसभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्रीले गर्नुभयो ।

१०. प्रजिअमार्फत सङ्घीय संसद्लाई ज्ञापनपत्र

२२ दलीय मोर्चाको संयुक्त सङ्घर्ष समितिले भदौ २७ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमार्फत सङ्घीय संसद्लाई एमसीसी सम्झौता पारित नगर्न ज्ञापनपत्र बुझायो । ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा नेकपाका शिशिर, नेकपा (क्रान्तिकारी माओवादी) का प्रेम सुवेदी, विवेकशील साझा पार्टीका काशीनाथ पाण्डे, नेकपा माओवादी केन्द्र समाजवादीका विनोद उपाध्याय, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्कीले सम्बोधन गर्नुभयो । कोणसभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका बद्रे आलमले गर्नुभयो ।

सङ्घर्षका सकरात्मक प्रभावहरू

१. हामीले एमसीसी सम्झौताविरुद्धको सङ्घर्ष कार्यक्रमलाई गाउँ र सहर दुवै क्षेत्रमा जोड्यौँ ।

२. एमसीसी सम्झौता देशको सार्वभौमिकता र स्वतन्त्रताविरुद्ध छ भन्ने कुरा गाउँ र सहरमा सम्प्रेषित भएको छ ।

३. गाउँ र सहरमा एमसीसीबारे फैलाइएका भ्रमहरू चिरिएको छ ।

४. यो सङ्घर्षले दुई ध्रुव खडा गरिदिएको छ स्थानीय र राष्ट्रिय स्तरमा । एकातिर एमसीसीका विरोधी अर्थात् देशभक्तहरू, अर्कोतिर एमसीसीका पक्षधधर राष्ट्रघातीहरू । काङ्ग्रेस, एमाले, माकेहरूको राष्ट्रघाती मुकुण्डो एमसीसी प्रकरणले च्यातिएको छ । ती दलहरूभित्रका इमानदार कार्यकर्ताहरू एमसीसीविरुद्ध रहे पनि उनीहरूका दलका देशघाती र साम्राज्यवादपरस्त नीतिका कारण लज्जित भएका छन् र खुलेर सङ्घर्षमा सहभागी हुन सकेका छैनन् । यसबारे जनता स्पष्ट भएका छन् ।

५. एमसीसी प्रकरणले देशभक्तहरूलाई गोलबन्द गर्दै लगेको छ । केन्द्रीय स्तरमा २२ दलीय मोर्चा बनाएर सङ्घर्ष गर्दै आएकोमा रूपन्देहीमा १० वटा दल/मोर्चा/सङ्गठन मिलेर संयुक्त सङ्घर्षमार्फत विरोधसभाहरू चलिरहेको छ । यसले अझ देशभक्तहरूलाई ध्रुवीकृत गर्दै लगेको छ र यसलाई अझ सुदृढ र विस्तार गर्दै लैजानु आवश्यक छ ।

६. गाउँ र सहरका आधारभूत वर्गलाई एमसीसीबारे जानकारी गरेको मात्रै छैन, यसले थुप्रै जिज्ञासाहरू पैदा गरिदिएको छ र यस सम्झौताविरुद्ध सङ्घर्ष गर्न प्रेरित गरेको छ । उनीहरू एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनताका पक्षमा गोलबन्द हुँदै गएका छन् ।

७. एमसीसीविरुद्धको सङ्घर्षले दलाल पुँजीवादी राज्यसत्ता र अमेरिकी साम्राज्यवादविरुद्ध घृणा पैदा गरेको छ र देशभक्तहरू एक हुनुपर्ने महसुस हुँदै गइरहेको छ ।

८. नेपालको राष्ट्रघाती सन्धि–सम्झौताहरूमा नेपालका संसदीय राजनीतिक दल र नेताहरू संलग्न रहेको, राष्ट्रिय ढुकुटी, वैदेशिक ऋण र लगानीको भ्रष्टाचारमा जोडिएको, निजी र दलगत स्वार्थका लागि देशको सार्वभौमसत्ता नै बेच्नसमेत तयार रहेको, देशको स्वाधीनताप्रति संसदीय दल र नेताहरू गम्भीर नरहेको र संसदीय व्यवस्था असफल भएको कुरा जनताले बुझ्दै गएका छन् ।

९. एमसीसी सम्झौता कुनै हालतमा पनि संसद्‌बाट पास गराउन नहुने, यसको खारेज गर्नुपर्ने, यससँग सम्बन्धित नेपालस्थित सम्पूर्ण कार्यालयहरू बन्द गरिनुपर्ने, नेपाल अमेरिकी सैन्य अखडा बन्न दिन नहुने विषयमा नेपाली जनता स्पष्ट हुँदै गएका छन् ।

१०. संसदीय पार्टीहरू एमसीसी सम्झौता कुनै हालतमा पनि पास गर्न जोड दिनुको कारण सत्ता र चुनावी स्वार्थसित जोडिएको र ती देशघाती, जनघाती, राष्ट्रघाती साम्राज्यवादका दलालहरूलाई जनस्तरबाट कारबाही गर्नुपर्नेसम्मको आक्रोश पैदा हुँदै गएको छ ।

११. देशको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुगत अवस्थाका कारण क्रान्तिकारी र देशभक्तहरूबीच संयुक्त मोर्चा, कार्यगत मोर्चा, रणनीतिक मोर्चा हुँदै पार्टी एकताको आवश्यकता बढ्दै गएको छ । देशभक्त र क्रान्तिकारीहरू एक भएर आजको साम्राज्यवाद र त्यसका मतियारहरूविरुद्धको सङ्घर्षलाई अझ तेजबोध गराउँदै जानुपर्छ ।

नेपाल असंलग्नताको नीति लिएको राष्ट्र हो । एमसीसी प्रस्ताव संसद्ले स्वीकारे पञ्चशीलको सिद्धान्तविपरीत हुने मात्र होइन, नेपालका लागि आत्मघाती कदमसमेत हुने निश्चित छ । एमसीसी देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताविरूद्व रहेकोले कुनै पनि हालतमा संसद्‌बाट पास गर्न नदिन सम्पूर्ण देशभक्त नेपाली एकजुट भएर खबरदारी गर्नुको विकल्प छैन । अहिले देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । त्यसकारण नेपाली जनताको जनमतविपरीत एमसीसी पास गरिएमा सम्पूर्ण देशभक्त, स्वाभिमानी नागरिक, सच्चा लोकतन्त्रवादी, वामपन्थी, बुद्विजीवी, कम्युनिस्ट र सम्पूर्ण जनसमुदाय राष्ट्रिय स्वाधीनताको रक्षाका लागि र एमसीसी सम्झौताका विरुद्धमा सशक्त प्रतिरोधमा उत्रिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :