अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक झलक विक, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका जिल्ला सेक्रेटरी कमल सुस्लिङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य किशुनदेव शर्मा, इश्वरपुर नगर इन्चार्ज जनक राउत, अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रामप्रसाद महतो, इश्वरपुर नगर सेक्रेटरी सुनिता झालगायत विभिन्न जबसका नगर संयोजकहरुको आतिथ्यता रहेको थियो ।

भेलाले अर्पण पौडेलको अध्यक्षतामा १५ समिति कार्यसमिति चयन गरेको छ । अध्यक्ष अर्पण पौडेल, उपाध्यक्षमा सीता कुमारी चौधरी, सचिवमा सन्जिब मण्डल,
कोषध्यक्षमा जस्टिना राउत लगायतको पदाधिकारीसहित १५ सदस्यीय नवनिर्वाचित भएका छन् ।
प्रमुख अतिथि झलक विकले निर्वाचित कमिटीलाई संगठनको बारेमा प्रष्ट पारेका थिए । देश संकटमा परेको अवस्थामा विद्यार्थी तथा युवाहरूले नै आन्दोलनको मोर्चा सम्हाल्नु पर्ने बताए । शैक्षिक क्षेत्रको विकृती, विसङ्गतिको विरुद्ध निर्वाचित समितिले आवाज उठाउनु पर्ने र विभेदकारी शिक्षाको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षाको निम्ति संघर्ष गर्नु पर्ने बताए ।

भेलामा सेक्रेटरीले शुभकामना तथा बधाईसहित पार्टीको धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :