जनपत्रकार संगठन नवलपरासीको अध्यक्षमा प्रदीप पाठक चयन

जनपत्रकार संगठन नवलपरासीको अध्यक्षमा प्रदीप पाठक चयन

परासीः जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम भेला बर्दघाटमा सम्पन्न भएको छ । भेलाले प्रदिप पाठकको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचिव धिरजलेू केही पत्रकारले जनताको समस्या र शोषित पीडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए । सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केही व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो ।

जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । समाजमा रहेका गरीब, पीडित, शोषित वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारिता गर्नुपर्नेमा धिरजले अपिल गरे ।

कार्यक्रममा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप, नगर सदस्य गणेश, ओम कार्की लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता एवं संचालन प्रदिप पाठकले गरेका थिए ।

जनपत्रकार संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :