अखिल (क्रान्तिकारी) चितवनको संयोजकमा रेम्बोर्जे

अखिल (क्रान्तिकारी) चितवनको संयोजकमा रेम्बोर्जे

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) चितवनको दोश्रो भेला सम्पन्न भएको छ ।

देव शमसेर लामा ‘रेम्बोर्जे’ को संयोजकत्वमा ३३ सदस्यीय ३१ औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गर्दै भरतपुर महानगरपालिका १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा शनिबार अखिल (क्रान्तिकारी) चितवनले आफ्नो दोस्रो भेला सम्पन्न गरेको हो ।

भेलामा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई प्रमुख अतिथि रहेका थिए । त्यसैगरी नेकपा चितवनका विशेष कमिटीका सेक्रेटरी महेश चौधरी, विशेष कमिटी सदस्य उत्सव लामा, जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा ‘दिनेश’, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव डा. प्रकाश चन्द विशिष्ट अतिथि रहेका थिए भने अतिथिमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश जप्रेल, शिक्षक सङ्गठनका केन्द्रीय सदस्य कृष्ण परियार, महिला सङ्घकी केन्द्रीय सदस्य अञ्जना तामाङ, युवा सङ्गठनका केन्द्रीय सदस्य राम सेढाई लगायत नेकपा चितवनका जिल्ला समिति सदस्यहरू रहेका थिए ।

भेलामा प्रमुख अतिथि रुद्र भट्टराई विशिष्ट अतिथि महेश चौधरी, अतिथिहरू कृष्ण परियार र अञ्जना तामाङले शुभकामना मन्तव्य राखेका थिए भने विशिष्ट अतिथि डा. प्रकाश चन्द, उत्सव लामा र जिल्ला सक्रेटरी दिनेश शर्माले नयाँ निर्वाचित ३१ औँ जिल्ला सम्मेलन आयोजक समितिलाई बधाई तथा निर्देशनात्मक मन्तव्य राखेका थिए ।

जिल्ला संयोजक देव शमसेर लामा ‘रेम्बोर्जे’ ले अध्यक्षता गरेको उक्त भेलामा केशवराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए भने कोपिला अधिकारीले भेलामा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :