महासचिव विप्लवद्वारा धनसरादेवीप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा सङ्गठन नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा हाल राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सदस्य प्रेम विक ‘दिनेश’ की ममतामयी आमा धनसरादेवी विकप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । मङ्गलबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै महासचिव विप्लवले दिनेशलगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

२००३ साल भदौ १८ गते कालीकोट जिल्ला रास्कोट नगरपालिका ७ पाखरकोटमा जन्मिएकी धनसरादेवी हाल टीकापुर नगरपालिका १ कैलालीमा बसोबास गर्दै आएकी थिइन् । उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिइन् । यही साउन महिनाको ५ गते उपचारका क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :