नेपालमा एकैदिन २०३ जनाको मृत्यु

नेपालमा एकैदिन २०३ जनाको मृत्यु

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २१ हजार ४७८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :