महिलानेत्री पूर्णिमा अस्पतालबाट डिस्चार्ज, सहयोगीहरूलाई धन्यवाद

महिलानेत्री पूर्णिमा अस्पतालबाट डिस्चार्ज, सहयोगीहरूलाई धन्यवाद

काठमाडौँ : नेकपाको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य पूर्णिमा धामी १५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निको भएर अस्पतालबाट घर फर्किएपछि नेत्री धामीका साथै उनका जीवनसाथी नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले अस्पताल र सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

पूर्णिमा डिस्चार्ज भएपछि नेकपा नेता पुनले रातो खबरमार्फत प्रेषण गरेको धन्यवादपत्र यसप्रकार रहेको छ :

मेरी जीवनसाथी तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य कमरेड पूर्णिमा आज १५ औँ दिनपछि अस्पतालबाट डिस्चार्ज भएर घर पुग्दा सबैमा रमाइलो र खुसीको वातावरण छाएको छ । बेहोस अवस्थामा १० दिनको आईसीयू बसाइ र ५ दिनको जनरल वार्डको बसाइपछि कमरेड पूर्णिमालाई सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ । उहाँको उपचारमा सही सुझाव र सल्लाह दिई सहयोग गर्ने सुरु अस्पताल पद्मा र सारथीलाई धन्यवाद छ । गम्भीर अवस्थामा सघन उपचार कक्षमा राखी विशेष उपचार गर्ने धनगढीकै निसर्ग अस्पताल र सेती प्रादेशिक अस्पताललाई धेरैधेरै धन्यवाद छ । त्यसमा पनि व्यक्तिगत रूपमा उपचारमा विशेष सहयोग र चासोसहित क्रियाशील हुने निसर्गका निर्देशक तीर्थराज पन्त र डाक्टर हितेश जोशी, सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डे, डाक्टर निराजनसहितको टिम र नर्स कल्पना श्रेष्ठप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछु ।

नेता पुनले अगाडि लेखेका छन् : कमरेड पूर्णिमाको सेवा र सहयोगमा सुरुआतदेखि अन्त्यसम्म आफ्नो ज्यानको परबाह नगरी खट्ने भाइबहिनीहरू रोशन, बिक्की, राम, राम भट्ट, महेश, मीनालगायत सबैलाई विशेष धन्यवाद छ । काठमाडौँदेखि धनगढीसम्म उपचारका लागि सैनिक प्लेन र डाक्टरलगायतको टिम पठाउन सहयोग गर्ने पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, सचिवालय सदस्य कमरेड कञ्चन, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष भाइ चिरञ्जीवी ढकाललगायत पार्टी हेडक्वार्टर र सिङ्गो पार्टीपङ्क्तिप्रति पनि आभारसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु । उपचारमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्ने मित्र र आफन्तजनप्रति आभार प्रकट गर्दछु । त्यसमा पनि तत्काल आर्थिक जुटाएर सहयोग गर्ने भाइ भुवन कुँवर, सञ्जय राणा, शिव ओली, कान्छी बुहारी सुनिता पुन, इन्द्र मडई, उषा बहिनी, दीपक भण्डारी, कैलाली पार्टी सचिव कमरेड दीपेन्द्र, कञ्चनपुर जिल्ला सचिव कमरेड जीवन, डँडेल्धुरा जिल्ला सचिव कमरेड विजय, कमरेड प्रकाशलगायत सबैलाई विशेष धन्यवाद छ । उपचारमा चासो र चिन्तासहित समन्वय र व्यवस्थापनमा विशेष सहयोग गर्ने सहयोद्धा सीसीएम शिलुलगायत सम्पूर्ण सहयोद्धा कमरेडहरूमा आभार प्रकट गर्दछु ।

पुनले अगाडि लेखेका छन् : यो सङ्कटको बेला चासो र चिन्ताका साथ प्रशासनिक तथा राजनीतिक सहयोग गर्ने उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री, कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सबै सहयोगीहरूमा धन्यवादसहित आभार प्रकट गर्दछु । कमरेड पूर्णिमाको सुस्वास्थ्यको कामना गर्ने, चिन्ता व्यक्त गर्ने, साहस र ढाडस दिने सबै शुभेच्छुक, समर्थक र आफन्तजनहरूमा पनि हार्दिक धन्यवाद छ । जीवनमरणको अन्तिम क्षणमा पुगेर पनि यति छिट्टै चामत्कारिक रूपबाट रोगलाई जित्न सफल जीवनसाथी पूर्णिमालाई पनि धेरैधेरै बधाई तथा शुभकामना छ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :