कृपाल कोरीको शोकसभा सम्पन्न

कृपाल कोरीको शोकसभा सम्पन्न

कपिलवस्तु : मायादेवी गाउँपालिका ५ बलुहवा निवासी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका जिल्ला सदस्य कृपाल कोरीको निधनको ११ औँ दिनमा शुक्रबार शोकसभा सम्पन्न भएको छ । कोरीको ४४ वर्षको उमेरमा वैशाख २१ गते निधन भएकोे निधन भएको थियो ।

कोरीको आफ्नै निवास बलुहवामा आयोजित शोकसभामा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका इन्चार्ज कमल केसीले कृपाल कोरीको निधनबाट समाजले एउटा अभिभावक गुमाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए ।

थारू राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सङ्घप्रसाद थारूले पनि कोरीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य सन्देश, अखिल नेपाल शिक्षक सङ्गठनका सदस्य रामनिवास चौहान, रामचन्द्र कोरीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :