अमेरिकामा १ करोड ९५ लाख ७३ हजार कोरोना सङ्क्रमित, ३ लाख ४१ हजारको मृत्यु

अमेरिकामा १ करोड ९५ लाख ७३ हजार कोरोना सङ्क्रमित, ३ लाख ४१ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख २७ हजार ७४० जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३ लाख ४१ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २१५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ३ लाख ४१ हजार १३८ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :