नेपालमा आज १,०९७ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,७९५ पुग्यो

नेपालमा आज १,०९७ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,७९५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब १ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २९४ महिला र ४४८ पुरुष गरी जम्मा ७४२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १३० महिला र १८१ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ३५१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७९५ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९७६ रहेको छ । त्यसमा आई.सी.यु.मा २७९ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ४ हजार ५०८ जना र क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ र ललितपुर रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :