केपी वलीलाई कारबाही गर्ने सरकारी नेकपाको निर्णय

केपी वलीलाई कारबाही गर्ने सरकारी नेकपाको निर्णय

काठमाडौँ : सरकारी नेकपाले पार्टीका प्रथम अध्यक्ष एवम् आफ्नै पार्टीको बहुमत रहेको संसद् विघटन गराउने प्रधानमन्त्री केपी वलीलाई पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टीको स्थायी समिति बैठकले वलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र जनादेशविरुद्ध भएको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार ७ गते बस्ने केन्द्रीय समितिको बैठकले वलीलाई अनुशासनको बारबाही गर्ने स्थायी समितिको निर्णय पारित गरेपछि वली पार्टीबाट पदमुक्त नभए पनि इतिहासमा दर्ता हुने गरी अनुशासनविहीन अध्यक्ष हुनेछन् ।

स्थायी समितिले वलीको कदमप्रति खेदसमेत व्यक्त गरेको छ । उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वलीको गलत कदमको राजनीतिक र कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

पार्टीका प्रथम अध्यक्ष वलीले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै स्थायी समितिले अनुशासनको कारबाही पारित गर्नका लागि पुस ७ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको समाचारमा जनाइएको छ ।

उक्त पार्टीले सोमबार दिउँसोका लागि संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलमा पनि वली अल्पमतमा छन् । आजै पुनः स्थायी समितिको बैठक बसेर आगामी कार्यक्रम तय गरिने पार्टी स्रोतले जनाएको छ ।

प्रधानमन्त्री वलीकै निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी समितिमध्ये ३१ जना उपस्थित रहेको र वली पक्ष सहभागी नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :