काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३६१ महिला र २ हजार १५६ पुरुष गरी जम्मा ३ हजार ५१७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ७८१ महिला र १ हजार १०७ पुरुष गरी जम्मा १ हजार ८८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ९८९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ९६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यो कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो ।
यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०० जना र भेन्टिलेटरमा ७१ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३१ हजार ३८७ जना र क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् ।
यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।