प्रहरीद्वारा म्याग्दी जिल्ला इन्चार्जको घरसहित सिङ्गो गाउँमा अप्रेसन, गाउँले आतङ्कित

प्रहरीद्वारा म्याग्दी जिल्ला इन्चार्जको घरसहित सिङ्गो गाउँमा अप्रेसन, गाउँले आतङ्कित

काठमाडौँ : प्रहरीले कात्तिक १० गते बिहान ४ बजेदेखि बेलुका १२ बजेसम्म म्याग्दी मङ्गला गापा वडा नं. ४ उकेनीमा खानतलासी गरेको छ ।

बागलुङ तितौरे घर भएका र हाल म्याग्दी जिल्लामा कार्यरत इन्सपेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा बिनाबर्दीमा आएका २०/२५ जना प्रहरीले उकेनी गाउँ पूरै खानतलासी गरेको म्याग्दीबाट प्राप्त समाचारमा जनाइएको छ ।

सुरुमा नेकपा म्याग्दीका जिल्ला इन्चार्ज सुशीलाको घरमा पुगेर हामी सुशीलाका साथी हौँ भनेपछि घरमा रहेकाहरूले सुशीला घरमा नभएको जबाफ दिएको र त्यसपछि उनीहरूले हामी प्रहरी हौँ भनी घरमा जबर्जस्ती पसेर खानतलासी गर्दै जनयुद्धको बेलामा शाहीसेनाले सर्च गरेभन्दा पनि बढी आतङ्कित हुने गरी पूरै गाउँ नै सर्च गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

बिनाबर्दीका प्रहरीले गाउँ घेरा हाली छापामार्दा सम्पूर्ण घरपरिवार र गाउँलेको मोबाइल कब्जामा लिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :