नेकपा राप्तीले नेताकार्यकर्ता विना सर्त रिहाइको माग

दाङ :  नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले आफ्ना गिरफ्तार परेका नेताकार्यकर्तालाई षड्यन्त्र र झुट्ठा मुद्दामा फसाउने प्रपञ्च गरिएकोप्रति आपत्ति जनाएको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै उक्त रिहाइ नगरिएमा पार्टी, जनसत्ता र जनअदालतले नयाँ निर्णय गर्न बाध्य हुने बताउनु भएको छ । उहाँले ‘साम्राज्यवादी तथा दलाल संसदवादीहरुको विदेशीको डिजाइनमा देशमा नयाँ दलाल चुन्नको लागि भएको चुनाव भन्दा अघि र चुनाव सेरोफेरोमा शान्तिपूर्ण अभियानमा रहेका हाम्रा नेताकार्यकर्तालाई युद्धशैलीमा गिरफ्तार गरि यातना दिइएको’ पनि बताउनु भएको छ । प्युठानमा मोहन पुन, पदमसिंह पुन, रेशम सुनार, निराजन केसी, जुद्ध भण्डारी, कर्णबहादुर बुढा, नमबहादुर थापा, रोल्पामा सन्तोष सुवेदी ‘प्रयास’, बसन्त प्रचण्ड सेन, श्याम घर्ति, रामबहादुर घर्ति, पौरख शाही (जाजरकोट) र दाङमा हेमन्तराज जिसी, जनक विक, अनिल केसी, आरके पाण्डे, रामा चौधरी, मनोज केसी, अमर खड्कालगायतका नेताकार्यकर्ताहरुलाई तुरुन्त विना सर्त रिहाइ गर्न उहाँले माग गर्नुभएको छ ।

२०७४ मंसिर २९ गते अपरान्ह ३ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :